अपडेट 
२०७८ असार ११, शुक्रबार ०८:०४

पर्साको पोखरिया नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को पाचौं नगरसभा नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।

ज्येष्ठ नागरिक महिला सदस्य रब्या खातुनले उदघाटन गरेपछि नगरसभा सुरु भएको थियो । नगरसभाले ४६ करोड ३० लाख ८२ हजार बराबरको अनुमानित बजेट नगर उपप्रमुख सलमा खातुनले प्रस्तुत गरेकी छन् । नगर सभा कार्यक्रममा पोखरिया नगरपालिका मेयर दिपनारायण रौनियारले जनतासँग गरेको वाचा अहिले पनि अधुरै रहेको बताए । अझै बाँकी रहेको काम छ महिनामा जनतासँग गरिएको वाचा पूरा प्रतिबद्धता जनाए । उनले राजनीतिक खिचातानीका कारण पोखरिया नगरपालिकाको बिकासमा समस्या भए पनि संघर्ष गर्दै नगरपालिकाका जनप्रतिनिधिहरु एकजुट भएर अगाडि बढने नगर प्रमुख ारैनियारले जनाए । पोखरिया जिल्लाकै दोस्रो सदरमुकामको रूपमा रहेको पोखरियाको समग्र विकासको लागि एकजुट भई अगाडि बढ्न आग्रह गरे । नगरसभाबाट कार्यक्रम बजेटमा पोखरिया नगरपालिकाको ४६ करोड ३० लाख ८२ हजारको बजेट नीति तथा कार्यक्रममा प्रस्तुत गरिएकोमा आन्तरिक स्रोत ५ करोड, समानिकरण अनुदानतर्पm ११ करोड ७५ लाख, सशर्त १९ करोड ८९ लाख, राजस्व बाडफाड ७ करोड १५ लाख, प्रदेश सरकारबाट वित्तिय समानिकरण ८० लाख ४४ हजार ,विशेष अनुदान ३० लाख ,समपुरक २० लाख, राजस्व बाडफाड ४० लाख ५२ लाख रहेको छ ।

नगर सभामा स्वास्थ्य , शिक्षा, कृषि , पशु , पर्यटन, भौतिक पुर्वधार विकासमा , महिला बालबालिका उत्थान , ग्यास चुलो ,ग्यास सलेन्डर बितरण लगायतमा नगर प्रमुख रौनियारले विशेष जोड दिए । नगरसभामा नगर उपप्रमुख खातुनले नगरपालिकाको विकासमा सबै जनप्रतिनिधिहरु मिलेर अगाडि बढन आग्रह गरिन् । नगरसभा कार्यक्रममा वडाध्यक्ष बंका राउत कुर्मी, सुरेन्द्र यादव, अजय कुमार गुप्ता, लक्षमण साह कानु, उमाकान्त साह, शियानन्द चौहान, नन्दलाल पटेल, किशोरी साह, रामबाबु चौहान, सोनालाल साह गोढ, नगरकार्यपालिकाका सदस्य, अधिकृत बिजय झा, स्वास्थ्य संयोजक कौसलेन्द्र झा, आईटी अफिसर अरबिन्द दुबेदी, संदिप साह, बैजनाथ चौधरी, राजु रौनियार, कर्मचारीहरु, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो । नगरसभा कार्यक्रम पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Comment


Related News

Latest News

Trending News