अपडेट 
२०७८ असार ११, शुक्रबार १६:४४

अजमल मिकरानी
सर्लाही १० असाढ । कृषि ज्ञान केन्द्र मलंगवामा बलोक निर्माण कार्यको लागि आएको ४ करोड बराबरको योजनामा व्यापक अनियमितता भएको छ ।
कोरोना भाईरस महामारीका कारण लकडाउन भए देखि ज्ञान केन्द्र मलंगवा पुर्ण रुपमा बन्द रहेको छ । ज्ञान केन्द्रका प्रमुख कमलदेव प्रसाद कुशवाहाले आफनो कोठाबाटै कार्यालय संचालन गरि ४ करोड बराबरका बलोक निर्माण सम्बन्धी योजना गोप्य रुपमा सम्झौता गरि आफनो नातागोतामा पर्ने गैर किसानहरुलाई सम्झौता गरेको स्थानीय कृषक राजकुमार अधिकारीले आरोप लगाएको छ । कृषि निर्देशिका र मापदन्ड अनुसार सर्लाहीको २० वटै पालिकाहरुमा बलोक निर्माण हुनुपर्ने हो, तर कार्यालय प्रमुख कुशवाहाले आफनो एजेन्टहरु मार्फत १६ वटा पालिकामा मात्र बलोक निर्माणको सम्झौता गरि सकेको स्थानीय किसान मुकेश यादवले बताएको छ । यादवका अनुसार नियमतह एउटा पालिका, एउटा बलोक निर्माण हुनुपर्नेमा पैसा खाएर कुनै पालिकामा २ वटा भने कुनैमा ३ वटा बलोक निर्माण गर्ने कार्यको सम्झौता भएको यादवले बताए । ४ करोड रुपैया बराबरको योजना कुन मापदन्ड अनुसार सम्झौता गर्नुभयो । कुन मितिमा सूचना प्रकाशन हो, र सम्झौता भएको अन्तिम मिति कहिले थियो ।
कुन कुन मितिमा कति वटा कृषि समुहहरुले  प्रपोजल दर्ता गराएका थिए । यस्को तथ्यांक उपलब्ध गराउन किसानहरुले माग गरे पछि कृषि ज्ञान केन्द्र मलंगवाका कार्यालय प्रमुख कमलदेव प्रसाद कुशवाहाले जानकारी दिन आलटाल गरेको छ । टुडेले पनि प्रमुख कुशवाहा संग बलोक निर्माणमा अनियमितता भएको प्रश्न गर्दा तपाईले के सोध्नु भएको बुझेन भनेर संक्षिप जवाफ दिएर पंक्षिन खाज्नु भयो । नेपाल सरकारले कृषि र किसानहरुका लागि वार्षिक अर्बो रुपैया विनियोजन गरेपनि राजनीतिक दबाब र सेटिंगको आधारमा बजेट बाडफाड भएपछि वास्तविक किसान सम्म सरकारी बजेट पुग्दैन । कृषि ज्ञान केन्द्रमा अहिले पनि गैर किसान तथा दलालकै हालीमुहाली रहेको कारण कृषि पेशा समाप्त हुदै गएको छ, भने किसानहरु पलायन हुदै पेशा परिवर्तन गर्न बाध्य भएका छन ।

Comment


Related News

Latest News

Trending News