२०७८ असार १२, शनिबार ०७:३२

लहान । बलात्कारको आरोपमा सिरहाको गोलबजारका व्यापारी कोकबा भनिने महेश साह पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय लहानले उनलाई शुक्रवार पक्राउ गरेका हुन् । धनगढीमाई नगरपालिकास्थित कौशल एग्रो राइस मिलबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साहको आफ्नै राइस मिल रहेको छ । उनी मिलमै एक महिलालाई बोलाएर बलात्कार गरेको बताइएको छ । पीडित महिलाले दिएको उजुरीको आधारमा साहलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको लहानका डिएसपी तपन दाहालले जानकारी दिए । उनका अनुसार घटना बिहीवार बेलुका ५ बजेको हो । पीडित महिला पहिले राइस मिलमै मजुदरको रुपमा कार्यरत थिइन् । केहि समय अगाडी काम छाडेको ति महिलाले आफूलाई मिलमा बोलाएर जर्वजस्ती गरेको आरोप साहमाथि लगाएकी छन् । चर्चित व्यापारी साह बलात्कार मुद्दामा पक्राउ परेपछि केहि नेता रकमको चलखेल समेत गरेर छुटाउने प्रयास गरेको स्रोतको दावी छ । साहलाई अदालतमा पेश गर्दा अनुसन्धानका लागि १० दिनको म्याद गरिएको छ ।

Comment


Related News

Latest News

Trending News