२०७८ असार १२, शनिबार ०८:०२

वीरगञ्ज । विश्वव्यापी कोरोना महामारीको समयमा संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जारी गरिएको निषेधाज्ञाका कारण लामो समयदेखि बन्द होटल र पर्यटन क्षेत्र पुनः संचालनको माग गर्दै व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएका छन् ।

२०७६ चैत ११ गते देखि पटक पटक बन्दाबन्दी र निषेधाज्ञा गरिएको र यस विचमा अन्य क्षेत्र खुली सक्दा पनि होटल तथा पार्टी प्यालेस लगायतका पर्यटकिय क्षेत्रहरु भने २०७७ असोज १ गते देखि आंशिक रुपमा खुलेको थियो । वोर्डर नखुल्दा होटल तथा पर्यटन व्यवसाय बन्दावन्दिकै अवस्थामा रहेकोमा फेरी दोश्रो लहरको कोभिड शुरु भएयतायो क्षेत्र पुर्ण रुपमा वन्दकै अवस्थामा रहेको थियो । अतः पटक पटकको वन्दावन्दी, निष्ोधाज्ञा तथा वोर्डर वन्दका कारण थलिएको होटल व्यवसायीहरु भौतिक पुर्वाधारमा भएका ऋणको व्याज, किस्ताभाडामा रहेका होटलहरुको घर भाडा समेत तिर्न नसक्ने अवस्था पुगेको ज्ञापनपत्रमा उल्लेख छ । डिसिएमसीको बैठकले अन्य क्षेत्र खुल्लागरि सक्दा पनि होटल तथा पर्यटन क्षेत्र भने अझ सम्म पनि बन्द कै अवस्थामा रहेको छ । हालै नेपाल सरकारले आन्तरिक तथा बाह्य पर्यटन एवं यातायात समेत सुचारु गर्ने घोषना गरि सकेको सन्दर्भमा यस क्षेत्र मात्र बन्द गर्नुको कुनै औचित्य नरहेको ज्ञापनपत्रमा उल्लेख छ ।

आवश्यक स्वास्थ्य प्रोटोकल पुरा गरि होटल तथा पर्यटन व्यवसाय यथाशिघ्र सञ्चालन गर्ने बातावरण बनाई दिन हुन होटल व्यवसायीहरुले माग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News