अपडेट 
२०७८ असार १२, शनिबार १२:५८

जर्मनीमा एक व्यक्तिले चक्कुले अन्धाधुन्ध आक्रमण गरि तीनजनाको हत्या गरेका छन्।

जर्मनीको वुर्जबर्ग शहरमा नेपाली समय अनुसार शुक्रबार राति ९ बजेतिर भएको आक्रमणमा अरु केही मानिस घाइते भएका छन्। ठूलो चक्कुसहित बटुवाहरुमाथि आक्रमण गर्ने व्यक्ति सोमालियन नागरिक रहेको स्थानीय अधिकारीले बताए । २४ वर्षका उनको गोडामा गोली प्रहार गरि प्रहरीले नियन्त्रणमा लिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

उनी मानसिक रुपमा अस्थिर रहेको र हालै मात्र मनोसामाजिक उपचार गराएको खुलेको प्रहरीको भनाई छ।

Comment


Related News

Latest News

Trending News