२०७८ असार १३, आईतवार ०७:३८

जनकपुरधाम । जनकपुरमा विपक्षी गठबन्धनका युवाहरुको प्रदर्शनमा आक्रमणको प्रयास भएको छ ।

शनिबार बेलुका विपक्षी गठबन्धनका युवाहरु राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध र् याली निकालेपछि प्रतिकार गर्न एमालेका युवाहरु सडकमा उत्रिए । एमालेका युवाहरुले आक्रमणको प्रयास गरेपछि विपक्षी गठबन्धनका युवाहरु हतार हतार कार्यक्रम गरेर शिव चोक छाडे । रेल्वे स्टेशनबाट विपक्षी दल काँग्रेस, माओवादी, जसपासहितका दलका युवाहरुको र्याली जनकचोक जाने क्रममा भानु चोकमा एमालेका युवाहरुसँग आमना सामना भएको थियो । प्रहरीले एमालेका युवाहरुलाई बल प्रयोग गरेर रोके । विपक्षी गठबन्धनका युवाहरुमाथि आक्रमण गर्न सयौंको संख्यामा सडकमा उत्रेका एमालेका युवाहरुले गालीगलौज समेत गरे । एमालेका राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष एवं प्रदेश २ इन्चार्ज संजिव झा ‘सुरज’ले राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध आन्दोलन गर्नेलाई प्रतिबाद गर्न युवाहरुलाई निर्देशन दिएका थिए । सोही निर्देशनको आधारमा युवा संघका कार्यकर्ताहरु सडकमा उत्रेपछि प्रहरीलाई रोक्न हम्मेहम्मे पर्यो । यद्दपी उनीहरुलाई रोक्न सफल भए ।

भानु चोकमा प्रहरीले रोकेपछि युवा संघका कार्यकर्ताहरु अन्य बाटो भएर जनक चोक पुग्ने प्रयास गरे । तर त्योभन्दा अगाडी सुरक्षाकर्मी शिव चोक पुगिसकेका थिए । भानु चोक, शिव चोक र जनक चोकमा सुरक्षाकर्मी र युवा संघका कार्यकर्ताबीच पटक पटक घमसाघमसी भएको थियो । सुरक्षाकर्मी छलेर एमालेका केहि युवा शिव चोक पुगेर पुनः आक्रमणको प्रयास गरेका थिए । त्यहाँ विपक्षी गठबन्धनका युवाहरुले राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध नाराबाजी गरिइरहेका थिए । तर एमालेका युवाहरु आक्रमण गर्न खोज्दा उनीहरु कार्यक्रम छोट् याएर त्यहाँबाट निस्के । युवा संघका कार्यकर्ताले सरकार विरुद्ध गतिविधि गर्न पाइदैन, स्थिर सरकार कायम गर, विखण्डनकारी मुर्दावाद जस्ता नारा लगाएका थिए ।

Comment


Related News

Latest News

Trending News