अपडेट 
२०७८ असार १४, सोमबार ०८:००

गौर । रौतहट जिल्लाको परोहा नगरपालिकामा सुपर मार्केट निर्माण कार्य तिब्र रुपमा भैरहेको छ ।

वडा नम्बर ४ लौकाहामा धेरै बर्ष देखि लाग्दै आएको लौकाहा बजारलाई सुन्दर र व्यवस्थित बनाउने उदेश्यले तीन तल्ले सुपर मार्केट भवन निर्माण कार्य भइरहेको हो । पंचायतीकालदेखि नै अव्यवस्थित रुपमा संचालनमा रहेका उक्त बजारलाई आधुनिकीकरण गरेर स्थानीय कृषि उपजका सामग्रीलाई बजारीकरण गर्ने उदेश्यले सुपर मार्केटको भवन निर्माणको अवधारना ल्याईएको परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिलले बताए । नगरपालिकाको लगानीमा सो भवनको निर्माण कार्य शुरु गरिएको मेयर वकिलले बताए । नगर स्तरीय योजना अन्तर्गत जनमुखी र उपभोगमुखी योजना कार्यन्वयनमा ल्याईएको उनको कथन रहेको छ । २ वर्षे योजना रहेको सुपर मार्केट भवनको निर्माणको लागि यस वर्ष १ करोड ५० लाख रुपैया विनियोजन गरिएको उनले जानकारी दिए । समय मै भवन निर्माण हुनु पर्ने उदेश्यले आफै निगरानी गर्दै आएका नगर प्रमुखले सुपर मार्केटको निर्माण भएपछि परोहा चौकको विकासमा थप उर्जा थपिने बताए । बजार व्यवस्थित भएपछि व्यापारीहरुको आर्थिक समुन्नति हुने विश्वास मेयरको छ । हुलाकी राजमार्गसंग टाँसिएर रहेको सो बजारबाट कृषि उत्पादनका सामग्रीहरु विभिन्न ठाउँमा सहज रुपमा पुग्ने उनले जनाए । तरकारी खेती तर्फमा किसानहरुको लगनशीलता बढ्ने आशा मेयर वकिलको रहेको छ ।

समय मै निर्माण कार्य सकाउने उदेश्यले तिब्र रुपमा निर्माणको कार्य बढाईएको नगरपालिकाका प्राविधिक ई. दिपेन्द्र यादवले बताए । स्तरीय निर्माण सामग्री प्रयोग गर्नको लागि नियमित रुपमा निरीक्षण अनुगमन गर्दै आएको उनले बताए । रौतहटका अन्य स्थानीय तहको तुलनामा परोहा नगरपालिकाले झल्किने गरि विकास निर्माणका कार्य गरेका छन् । गौर चन्द्रनिगाहपुरदेखि रामपुर खाप नेपाल–भारत सिमाना सम्म निर्माण गरिएको कालोपत्रे पिच र सडकको दुवै छेउमा सप्रिएको विभिन्न जातका रुखका विरुवाहरुले परोहाको सौन्दर्यतामा बल पुर्याएको छ ।

Comment


Related News

Latest News

Trending News