२०७८ असार १५, मंगलवार ०७:२६

कोरोना संक्रमण घटेपछि धनुषा जिल्लाभर सवारी साधन चलाउन दिनेगरी निषेधाज्ञा एक हप्ता थप्ने निर्णय गरिएको छ ।

मंगलवारदेखि जिल्लाभर सवारी साधन चल्ने धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले सोमवार जारी गरेको सूचनामा भनिएको छ, ‘धनुषा जिल्लाबाट अन्य जिल्लामा जाने र लामो दुरीका सार्वजनिक सवारी साधनहरु संचालन गर्न पाइने छैन ।’ यस्तै सरकारी÷अर्ध सरकारी निकाय, स्थानीय तह, बैंक तथा वित्तिय संस्थाहरुले भीडभाड हुन नदिई स्वास्थ्य मापदण्डको पालना गरी नियमित सेवा सूचारु गर्न पाइनेछ । परम्परागत रुपमा भैआएको नित्य पूजा, प्रार्थना बाहेकका अन्य धार्मिक सांस्कृतिक गतिविधिहरु संचालन गर्नमा अझै रोक लगाएको छ । निषेधाज्ञा खुकुलो पारपनि शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, भाषा कक्षा, ट्यूसन सेन्टर लगायतका गतिविधिहरु सञ्चालन गर्न पाइने छैन । औषधी उपचार एवं आवश्यक कामका लागि घरबाट निस्किदा अनिवार्य रुपमा मास्कको प्रयोग र कम्तिमा २ मिटरको भौतिक दुरी कायम गर्न अनुरोध गरिएको छ । तर यो नियम पालना गराउन चुनौती देखिएको छ ।

जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक उपभोग्य बस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यबृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्नेहरु उपर कानून बमोजिम कडा कारबाही हुने चेतावनी दिएको छ । यस्तै स्वास्थ्य मापदण्डको पालना गरी व्यवसाय र उद्योग संचालन गर्न पाउने, सार्वजनिक र निजी निर्माणमा संलग्न श्रमिकले स्वास्थ्य मापदण्डको पालना गरी निर्माण कार्य गर्न सकिने छ । होटल, रेष्टुरेन्टहरुले अनलाइन अर्डर तथा होम डेलिभरी र टेक अवे विधिबाट मात्र सेवा सञ्चालन गर्न स्थानीय प्रशासनले भनेको छ । जबकी यसअघि नै जनकपुरका होटलहरु सञ्चालनमा आइसकेको छ ।

Comment


Related News

Latest News

Trending News