२०७८ असार १५, मंगलवार ०७:५७

जनकपुरधाम । जिल्ला अदालत धनुषाले कोरोनाका कारण ठप्प रहेका सेवाहरु सुचारु गर्ने निर्णय गरेको छ ।

अब प्रत्येक दिन १० वटासम्म फिरादपत्र दर्ता गर्ने सूचना अदालतले सोमवार जारी गरेको हो । सूचनामा भनिएको छ, ‘फिराद पत्र दर्ता गर्न चाहनेले विहान ११ बजेसम्म डायरी फाँटमा टोकन लिइसक्नुपर्नेछ । सोही दिनको २ बजेसम्म फिरादपत्र दर्ता गरिसक्नुपर्नेछ ।’ रोक्का÷फुकुवा सम्बन्धी उपरको कारबाही पनि हुने बताइएको छ । यस्तै नेपाल सरकार वादी भएका थुनुवा मुद्दा सुनुवाई सम्बन्धी कार्य तथा एउटै मुद्दामा केहि प्रतिवादी थुनुवा भएका मुद्दा र केही प्रतिवादीहरु तारिखमा रहेका मुद्दामा तारिखमा रहेका सबै प्रतिवादीहरुले तारिख थमाई मुद्दाको कारबाही अगाडी बढाउन अनुरोध गरेका मुद्दा उपरको सुनुवाई सम्बन्धी कार्य पनि सुचारु गरेको अदालतले जनाएको छ ।

अदालतले यस अघिदेखि नै विशेष प्रकृतिका निवेदन सम्बन्धी कार्य, मुद्दा फिर्ता, डिसमिस, तामेली, मिलापत्र सम्बन्धी कार्य, म्याद थप, पक्राउ पुर्जी जारी, सिडिआर अनुमति र जरुरी पक्राउ पूर्जीको समर्थन सम्बन्धीलगायतका कार्य सुचारु राखेको थियो ।

Comment


Related News

Latest News

Trending News