जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साह शैक्षणिक क्षेत्रमा जोड दिएका छन् ।
उनले सोमवार विहानै देखि भएको मुसलाधार वर्षाका बाबजुद उप–महानगरपालिकामा निर्माण भई रहेको विद्यालयको भवनहरुको निरीक्षण गरेका छन् । उनले बिहानै देखि मावि विन्धी, मावि कुवारामपुर, शंकर आधारभूत विद्यालय प्रको महुवा, राष्ट्रिय माध्यमिक विद्यालय रुवैठ बेल्ही, जनता मावि देवपुरा र मावि कुवारामपुरमा निर्माण भई रहेको नयाँ निर्माण भई रहेको कक्षाकोठाको अनुगमन गरेका छन् । अनुगमनको क्रममा मेयर साहले भवन छिटो भन्दा छिटो बनाउनकालागि सम्वन्धित निकायहरुलाई निर्देशन दिनुका साथै गुणस्तरीयतामा कमीकमजोरी पाइए कडा भन्दा कडा कारवाही गर्ने चेतावनी समेत दिएका थिए । उनले विद्यालयको भवन मात्र भवन नभई बालबालिकाको भविष्य निर्धाणको उदगम विन्दु रहेको बताएका थिए । बालबालिकाहरु भविष्यका कर्णाधार भएका कारण उनीहरुको भविष्य संग खेलवाड गर्नेलाई कारवाही गर्न आफु पछाडी पर्ने भएकाले गुणस्तरीयतामा ध्यानकेन्द्रीत गर्न निर्देशन दिएका थिए ।
मेयर साहले जनताको करले यो विद्यालयहरुको भवनहरु निर्माण भई रहेको छ, जसमा करदाताकै छोराछोरी पढ्ने भएकाले स्थानीयबासीहरुलाई पनि निगरानी गर्नकालागि आग्रह गरेका थिए । शैक्षिक संस्था कमजोर बनाएको गुनासो नआउन दिनकालागि मेयर साहले ठेक्केदार कम्पनीहरुलाई निर्देशन दिएका थिए । उप–महानगर क्षेत्र भित्र जम्मा ४९ वटा विद्यालयमा करिव २५ हजार भन्दा बढी छात्रछात्राहरु अध्ययनरत्त छन् । मावि विन्धी, मावि कुवारामपुर र शंकर आधारभूत विद्यालय प्रको महुवामा ४ कोठे कक्षा कोठा तथा राष्ट्रिय मावि रुपैठ बेल्ही, जनता मावि देवपुरा र मावि कुवारामपुरमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत भौतिक पूर्वाधार तर्फ दुई कोठे कक्षाकोठा निर्माण भई रहेको छ भने ४ वटा विद्यालयमा शौचालय निर्माण भई रहेको छ ।


