२०७८ असार १५, मंगलवार ०८:०५

वीरगञ्ज । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा डिभिजन वन कार्यालय पर्साले वृक्षारोपण अभियान शुरु गरेको छ ।

रुख रोपौं, वन जोगाऔं भन्ने नाराका साथ प्रदेश व्यापी वृक्षारोपण अभियान कार्यक्रम अन्तर्गत पर्साको वीरगंज महानगरपालिका वडा नं. २५ श्रीसियास्थित एकीकृत जा“च चौकी (आईसिपी) को मुख्य ६ लेनको सडक बिच खाली ठाउँ(डिभाइडर)मा प्रदेश २ का उर्जा तथा सिचाई मन्त्री ओम प्रकाश शर्माले वृक्षारोपण गरी अभियानको उद्घाटन गरे । सो अवसरमा मन्त्री शर्माले बढ्दो सवारी चाप र वन विनाशले गर्दा वातावरण नै प्रदुषित भई मानिसको स्वास्थ्यमा असर पर्न थालेको भन्दै स्वास्थ्य वातावरण र मानिसको जीवन रक्षाको निम्ती पनि वृक्षारोपण अपरिहार्य रहेको बताए । उनले वृक्षारोपणले मात्र समस्या समाधान हुदैन, यसको दिर्घकालिन संरक्षणको पनि ग्यारेन्टी हुनुपर्छ सम्बन्धीत निकायसहित स्थानीयले पनि यसको संरक्षणमा ध्यान दिन आवश्यक रहेको बताए । वातावरण प्रदुषण मुक्त बनाउन निजी तथा सार्वजनिक जग्गामा वृक्षारोपण हुनुपर्छ र यसको लागि आवश्यक सहयोग चाहिएमा आफू सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा डिभिजन वन कार्यालय पर्साका प्रमुख फरमान मिया“ले प्रदेश २ मा ४ प्रतिशत मात्र वनजंगल रहेको बताउदै वन कटान तथा अवैध चोरी निकालीले दिनप्रतिदिन वन विनाश हुदै गएका कारण जलवायुमा नाकारात्मक प्रभाव परेको बताए । राष्ट्रिय गौरवको आयोजनाले गर्दा पनि वन कटान बढेको छ, यसलाई व्यवस्थित रुपमा मिलाउन आवश्यक छ भन्दै उनले अहिलेको आवश्यकता पुर्तीको लागि नै असार १४ गतेदेखि २० गतेसम्म प्रदेश सरकारले वृक्षारोपण अभियान चलाएको बताए ।

प्रदेश २ व्यापी वृक्षारोपण अभियान कार्यक्रम अन्तर्गत पहिलो दिन श्रीसिया एकिकृत चेकजाँच चौकी ( आईसिपी) को मुख्य सडकको खाली ठाउँमा ट्रि गार्ड सहित विभिन्न परिजातका २५१ वृक्ष रोपेर अभियानको शुरुवात गरिएको वन अधिकृत रेयाज अहमद अंसारीले बताए । कार्यक्रममा कपुर, कलंकी फुल, गुल मोहर, ईरीका पाल, वोतल पाम लगायतको विरुवा रोपिएको छ । रोपिएको विरुवाको संरक्षण वन कार्यालय र आईसिपी कार्यालयले गर्ने सम्झौता भएको वन अधिकृत अंसारीले जानकारी दिए । डिभिजन कार्यालय पर्साद्वारा चालु आर्थिक बर्षमा ९२ हेक्टर वन जग्गामा वृक्षारोपण भईरहेको जानकारी दिंदै उनले सवैया साझेदारीमा २० हेक्टर, जिल्ला वन पैदावर आपुर्ती समितिमा १२ हेक्टर र मनवामा अतिक्रमित जग्गा खाली गराई तारवार सहित ६० हेक्टरमा वृक्षारोपण कार्यक्रम भईरहेको बताए । वृक्षारोपण कार्यक्रमको उद्घाटन कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, प्रहरी उपरिक्षक वेल बहादुर पाण्डे, भंसार प्रमुख, नेपाली कांग्रेसका नेता रामरुप कुर्मी, सवैया साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष लखनलाल साह कानु, साझेदारी वन महासंघका जिल्ला अध्यक्ष श्याम पटेल, नेका नेता सन्जु क्षतकुली लगायतको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News