पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान ७ बजे भैंसी चराउन गएका बेला चट्याङ लागेर तीन जनाको ज्यान गएको हो । मृत्यु हुनेमा सखुवा प्रसौनी गाउँपालिका–४ देवरबानाका ५५ वर्षीय रघुवीर यादव र पटेर्वा सुगौली गाउँपालिका–१ गदियानीका २७ वर्षीय रसुल आद गदी रहेका छन् । गम्भीर घाइते हुनेमा सखुवा प्रसौनी गाउँपालिका राजवंशी महरा रहेको र उनको वीरगन्जको नारायणी अस्पतालमा उपचारका लागि लगिएकोे छ । उनीहरु मंगलबार पथलवाघाट तिर भैंसी चराउन गएका थिए । घटनामा चार जना घाइते भएका छन् । ती मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य तीन जनाको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यस्तै मंगलबार बिहान नै खेतमा धान रोप्न गएकी पर्साकै जिराभवानी गाउँपालिका–३ जितपुरकी ५० वर्षिया असतुरनी देवी थरुनीको पनि चट्याङ लागेर ज्यान गएको छ । उनको चट्याङ लागेर घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।


