प्रदेश २ का भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले धानवालीलाई प्रमुखता दिएर अगाडी बढाइयो भने परनिर्भरता हटने वताएका छन ।
मंगलवार १८ औँ राष्ट्रिय धान दिवसको अवसरमा धनुषाको राष्ट्रिय धानवाली अनुसन्धान कार्यक्रम हर्दिनाथमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्वोधन गर्दै मन्त्री साहले १० महिना को रेकर्ड अनुसार मुलुकमा बाहिरबाट ४४ अरब को चामल आयात भएको र त्यसलाई कम गर्नकालागि त्यसको उपाय आवलम्वन गरि परनिर्भरताबाट मुक्ती पाउन सकिने वताए । उनले भने, यो आयातलाई प्रतिस्थापन गर्नको लागी तिनै तहका सरकारबाट प्रतिबद्धता आउनुपर्ने आवश्यकता रहेको छ । उनले संघले अथवा प्रदेश वा स्थानियले मात्र गरे साध्न रहेको वताउदै एउटै सरकारले चाहे सम्भव नहुने वताए । स्थानीय सरकारसँग भने बजेट बनाउँदा नीति कार्यक्रममा कृषिलाई प्राथमिकता दिन आग्रह गर्दै मन्त्री साहले सङ्घीय सरकार ले सहयोग नगरेको कारण आत्मनिर्भर बन्नको लागी सिचाइ ,खाद्य र उन्नत जातको बीउ बढ मात्रामा नपाउनुको कारण समस्या खेप्नुपरेको बताए ।
प्रदेश सरकारले किसानलाई विभिन्न कृषि यन्त्र मा ५० प्रतिशत देखि ८० प्रतिशत सम्म अनुदान दिएको मन्त्री साहले जानकारी दिए । प्रदेश सरकारले धेरै छिटो किसानलाई धानको समर्थन मूल्य दिने पनि मन्त्री साहले बताए । धान उत्पादन वृद्धि, खाद्य सुरक्षा , आत्मनिर्भरता र समृद्धि नारा को साथ १८ औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव २०७८ प्रदेश २ सरकारले मनाएको छ ।
कार्यक्रममा राष्ट्रिय धान वाली अनुसन्धान कार्यक्रम हर्दिनाथ का प्रमुख भानुभक्त ढकाल , प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय का सचिव डाक्टर सम्झना कुमारी काफ्ले , कृषि विकास निर्देशनालय प्रमुख डा.रत्न झा,लगायतले आ आफ्नो धारणा राखे । धान दिवस तथा रोपाइ महोत्सव २०७८ राष्ट्रिय धान वाली अनुसन्धान कार्यक्रम हर्दिनाथ बनिनीयामा भएको कार्यक्रममा बोल्दै मन्त्री साहले धान नै प्रदेश २ सरकारका समृद्धि र विकास मुख्य आधार रहेको बताए।


