२०७८ असार १५, मंगलवार १९:१५

महोत्तरीमा पनि सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्‍चालन गर्न पाइने भएको छ ।

मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै जिल्लाभित्र यात्रुबाहक सबारीसाधन चलाउन दिने निर्णय गरेको हो । जिल्लाबाट बाहिर जाने र लामो दूरीका यात्रुबाहक सार्वजनिक सबारी साधन भने सञ्‍चालन गर्न नदिइने समितिले निर्णय गरेको छ । बैठकले कोरोना संक्रमण दरमा सुधार हुँदै गएको तर तत्काल सबै अवस्था सामान्य भइनसकेकाले असार २३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको छ ।

यस्तै, विगतमा अक्सिजन ग्यासको चरम अभावभएको समयमा नेपाल प्रहरीको सहयोगमा नीजि क्षेत्रका विभिन्न उद्योगधन्दा, पसल, ग्यारेज आदीबाट संकलन गरी प्रयोगमा ल्याइएका असिक्जन सिलिडरको रेकर्ड राखी सम्बन्धित धनीलाई फिर्ता गर्ने निर्णय पनि बैठकले गरेको छ ।

Comment


Related News

Latest News

Trending News