२०७८ असार १६, बुधबार ०७:२७

जनकपुरधाम । धनुषास्थित विपक्षी दलले प्रतिगमन विरुद्धमा गर्ने शान्तिपुर्ण आन्दोलनमा प्रधानमन्त्री केपी ओली समर्थकले अवरोध गरे त्यसको प्रतिकार गर्ने चेतनावनी दिएको छ ।

विपक्षी दल नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल, माओवादी केन्द्र र नेकपा एमाले (नेपाल– खानाल समुह) धनुषाको मंगलवार बसेको बैठकले यस्तो चेतावनी दिएका हुन् । विपक्षी दलका संयुक्त विद्यार्थी संगठनले १२ असारमा निकालेको शाक्तिपुर्ण र्यालीमा प्रधानमन्त्री केपी शर्मा ओलीका कार्यकर्ताहरुले बिना कुनै कारण अवरोध गर्न खोजेको भन्दै विपक्षी दलले त्यसको भत्सर्ना पनि गरेको छ । जसपा धनुषाका अध्यक्ष पशुपति यादवको अध्यक्षतामा बसेको वैठकले शान्तिपुर्ण आन्दोलन कुनै समुह वा प्रतिगमकारीबाट पुनः अवरोध वा मुठभेड निम्ताउन खोजेको खण्डमा त्यसको प्रतिकार गर्ने निर्णय भएको जारी विज्ञप्तीमा उल्लेख छ । जसपाका धनुषाका अध्यक्ष पशुपति यादव, काँग्रेसका जिल्ला उपाध्यक्ष सन्तोष यादव, माओवादी केन्द्रका जिल्ला सचिव दिपक यादव र नेकपा एमाले नेपाल–खानाल समुहका जिल्ला अध्यक्ष रामचन्द्र पण्डितले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तीमा संघीयता, लोकतन्त्र, धर्मनिरपेक्षता,समानुपातिक, समावेशी विरुद्धको लडाईमा एकजुट हुन सबैलाई विज्ञप्ती मार्फत आग्रह समेत गरिएको छ ।

Comment


Related News

Latest News

Trending News