२०७८ असार १६, बुधबार ११:३८

जिल्ला प्रशासन कार्यलय रौतहटले बागमती र लालबकैया नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बागमतीको पानीको सतह उच्च बिन्दुमा पुगेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका हुन् ।गएराति परेको मुसल्धारे वर्षासँगै  बागमती र लालबकैया नदीमा पानीको सतह बढदै गएको हो ।   बागमती र लालाबकैया नदीमा आउँदा वर्षेनी  जिल्ला सदरमुकाम गौर लगायतका स्थान डुबानमा पर्ने गरेका छन् ।

Comment


Related News

Latest News

Trending News