२०७८ असार १७, बिहीबार १५:१८

धनुषाको गणेशमान नगरपालिका–८ स्थित कमला नदीको बीच टापुमा फसेका तीनजनाको सशस्त्र प्रहरीको टोलीले सकुशल उद्वार गरेको छ ।

रघुनाथपुरस्थित बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक रवि थापाको कमाण्डमा खटिएको टोलीले लभटोली बस्ने स्थानीय ४६ वर्षीय गणपति यादव, ४० वर्षीया सीतादेवी यादव र २७ वर्षीय संजय अधिकारीको बिहीबार बिहान उद्धार गरिएको हो ।सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माका अनुसार रातको समयमा तरकारी कुर्न गएका उनीहरु अविरल वर्षासँगै आएको पानीको बहाव बढ्न जाँदा उक्त नदीको बीच भागमा रहेको टापुमा फसेका थिए ।

Comment

Related News

Latest News

Trending News