अपडेट 
२०७८ असार १८, शुक्रबार ०७:१९

आरक्षण एक सकारात्मक कार्यहरूको प्रणाली हो जसले ऐतिहासिक रूपमा पिछडिएका समूहहरूलाई शिक्षा, रोजगारी र राजनीतिमा प्रतिनिधित्व प्रदान गर्दछ । आरक्षण ऐतिहासिक रुपमा पिछडिएका समुहलाई प्रदान गरिन्छ ता कि सबै समुहको समानुपातिक प्रतिनिधित्व होस। तर आज भोलि नेपालमा आरक्षणलाई लिएर छुट्टै होडबाजी चलेको देखिन्छ । भरखरै घटित घटनाको आधार बनाई ‘उसले कोठा पाएन अनि मैले किन कोठा पाईन “ भन्नेलाई उखान बनाई विभिन्न संचार माध्यमबाट व्यापक रुपमा प्रचारप्रसार हुँदै गरेको देखिन्छ । दलित भएको कारण कोठा भाडा नदिईएकोलाई मुद्दा बनाई नेपालको पिछडिएका जनताले पाउने आरक्षण खारेजीको लागि चौतर्फि आवाज उठाउन थालेका छन । कोठा भाडाको कुरामा वास्तविकके हो त्यो एउटा अनुसन्धानको बिषय हो । तर कोठा भाडाको मुद्दालाई न्युज बनाएर आरक्षण प्रती गरेको प्रहारलाई हामी पिछडिएका जनताले सहन गर्न सक्दैनौ।

यहाँबाट के प्रष्ट हुन्छ भने यहाँ कुनै दलितमाथी विभेद भयो कि भएन, न्याय भयो कि अन्याय भयो ? यसको एउटै कारण हो कि मधेस ऐतिहासिक रुपमै पिछडिएका क्षेत्र हुन। कुनै बेला मधेसीलाई नेतृत्व र प्रतिनिधित्वको अधिकार दिनुहुन्न भने शासक वर्गको मानसिक्ताले नै मधेसी पिछडिएका हुन। यसरी पिछडिएका मधेस पछि पछि मानसिक गुलाम हुँदै गयो । अन्त्यमा यहि भयो कि मधेस नेपाली शासकको मानसिक रुपमा गुलाम बन्यो । जसले गर्दा मधेस कहिले पनि नेतृत्वको लागि आँट गरेन । आखिर गरोस त कसरी गुलामलाई मालिक बन्नु त परैको कुरा हो , मालिक बन्ने सोचाइ आउनु पनि ठूलो परिवर्तन हो । यसरी गुलामीको मानसिक्ता बोकेको मधेस पुर्णरुपमा अचेत अवस्थामा हो । यसलाई सचेत बनाउन कै लागि सरकारले मधेस/ मधेसीलाई आरक्षण दिएको छ । हामी पुर्णरुपले बुझ्नु पर्छ की आरक्षण गरीब न्यूनीकरणको लागि चलाइएको अभियान होइन । यो अचेतमा रहेका नागरिकलाई सचेत बनाउन हो । आरक्षण अचेत अवस्थामा रहेकाहरुको अनुहारमा छर्केको पानी मात्र हो । आरक्षणले कसरी चेतना ल्याउछन त ? कुनै एउटा जाती ÷ समुदायको कुनै व्यक्तिले आरक्षण पाउँदा त्यस समुदायका सबैले उनको देखासिखी गर्न खोज्छ, जसले गहिरो निन्द्रामा रहेको उठन थाल्छन। अब पिछडिएकालाई पनि नेतृत्व गर्ने हिम्मत आउँछ ,किन कि त्यहा आरक्षण छ । आरक्षण गरिबी न्यूनीकरणको लागि होईन , आरक्षण राज्य प्रतिको अपनत्व बोध गराउनको लागि हो । आरक्षण पिछडिएका बर्गको न्यायको लागि आवाज उठाउने प्रतिनिधिको लागि हो । त्यस्तै आरक्षणको बिरोध गर्नेहरु महिला आरक्षणको बिरोध गरेको कमै सुनिन्छ ।

जबकि सब भन्दा बढी आरक्षण महिलालाई नै दिईएको छ । यदि गरिबको लागि आरक्षण दिने भए महिलालाई किन दिईयो त? यहाँ त महिला जाती गरिब अनि पुरुष जाती धनी छ भन्ने कहि सुन्दिन त मैले ? जुन समुदाय धनी छ त्यहाको महिला र पुरुष दुबै धनी हुन्छन , त्यसो महिलामा आरक्षण लागू नहुनु पर्ने हो । यहाँबाट नि प्रष्टके हुन्छ भने महिला आरक्षण त गरिबको लागि होईन । यो त राज्यको हरेक निकायमा महिलाको प्रतिनिधित्व गराउनको लागि नै हो । हाम्रो देशमा पुरुष जतिकै महिला धनी भएपनि नेतृत्व र प्रतिनिधित्वको क्षेत्रमा महिला अहिले पनि पिछडिएका नै छन। तसर्थ महिलालाई आरक्षण दिनुको कारण महिलाको नेतृत्व नभएकोले घरकै जीवनलाई जिन्दगी मान्ने अचेत महिलाको अनुहारमा पानी छर्केको मात्र हो । महिला गरिब भएर होइन , महिला माथीको अन्याय ÷ अत्याचार र विभेद हटाउनको लागि आरक्षण दिईएको हो। त्यतै नेपाल नर्सिङको स्नातक तहमा पुरुष नर्सिङको लागि आरक्षण छुट्टाईएको छ। के यहाँ पुरुष गरिव भएर होईन , पुरुषको प्रतिनिधित्व नभएर हो । ‘ गरिबलाई पहिचान गरि आरक्षण देउ ’ भन्ने नारा सबै तिर सुन्निन्छ । इतिहासमा पहिलो चोटि कोहि मधेसी /जनजाती / दलित /आदिवासी जनजातीको नाताले कुनै सुबिधा लिन खोज्दा अब जातीय र सामुदायिक आधारमा होईन आर्थिक अवस्थालाई हेरी दिनु पर्ने आवाज उठ्न थाल्यो । ठिकै छ जाती नहेरी गरिबहरुलाई नै आरक्षण दिने तर खाली आरक्षणमा मात्र किन सबै ठाउबाट जातिवाद हटाउनु पर्यो । सबभन्दा पहिला सबैले जातिबाद झल्किने सरनाम ( त्ष्तभि) हटाउन, तपाई आफुलाई ठूलो जातको हु भनेर देखाउनको लागि किन जातिवादको त्ष्तभि प्रयोग गर्ने ।

त्यसैगरि ठुला ठुला मन्दिर देखि पुजा गराउने पुजारीसम्ममा जातिबाद हटाउन ।हिन्दुको पुजारी तथा पण्डित / मुस्लिमको मोल्बी आदिको लागी शास्त्र तथा संस्कृतको क्षेत्रमा ज्ञान भएको व्यक्तिलाई परिक्षा लिई न्युक्ती गरौ । मन्दीरका ठुला ठुला भट्टहरुको न्युक्ति पनि उनीहरुको शास्त्रीय ज्ञानको आधारमा गरौ । जातिबादलाई जरै देखि हटाउन ।कथित ठुला जातिले तल्ला जातीसंग बिहे गर्दा ठुला जातीबाट तल्ला जातीमा झर्नु पर्ने प्राबधानलाई कुन किसिमले हेर्ने । यसरी ठुला र तल्लोबाट जन्मेको संतानलाई तल्लो जातीय पहिचान नै दिने यो कतिसम्मको जातीवाद हो । आफुले त सक्ने जति जातीय भेदभाव गर्ने तर त्यही भेदभावबाट उत्पन्न पस्थितिबाट प्रदान गरिएको जातीय सामुदायिक आरक्षणलाई बिरोध गर्ने। आफू र आफ्नो पुर्खाले जातिवादको आधारमा शताब्दी देखि सुख सुविधा लिने तर आज कुनै दलित / जनजाति / आदिवासीले जातिवादको तर्फबाट कुनै सुबिधा लिदा बिरोध गर्ने। अझै पनि जातिय आधारमा आरक्षण हटाउन सकिन्छ । तर त्यसको लागि पुर्णरुपमा जातिवाद हट्नु पर्छ। एउटाले जातिवादको शस्त्र लिएर सामाजिक संस्कृतिक आरक्षणमा धर्मको ठेकेदार बन्ने अनि अर्कोले जातिवादलाई प्रयोग गरेर अवसर पाउँदा बिरोध गर्नु भएन नि। त्यसैले जातीय आधारको आरक्षण हटाउनको लागि पुर्णरुपमा जातिवाद हटाउनु पर्ने हुन्छ ।

‘५०% बाला डाक्टर बन्ने अनि ८०% बाला डाक्टर पढ्न पाएन ’ यो भनाई अनुसार छात्रवृत्तिमा पढ्न नपाएकै हो ।तर निजि मेडिकल कलेजमा ४०/५०% ल्याएर डाक्टर पढ्दै गरेको धेरै छन । हो यहाँ सुखी सम्पन्न परिवारको तल्लो जात भएर ४०% मै छात्रवृत्ति पायो । मैले गरिब भएर ठूलो जात भएर पाईन भन्ने पनि धेरै छन । यो प्रवृत्ति हटाउनको लागि जातीय प्रणाली नै हटाउ। नत्र अलि अलि नकारात्मक पक्ष त सबै प्रणालीको हुन्छ । एकातिर ठूलो जाती भनेर जातिबाद पनि भन्ने अनि अर्का तिर कोहि तल्लो जातको पाएको सुबिधा पनि खोस्ने त हुन्न नि। त्यसैले जाती प्रथा नै हटाउन उतम देखिन्छ ।

Comment


Related News

Latest News

Trending News