जनकपुरधाम । लामो समयदेखि सदस्यविहीन रहेको प्रदेश निती तथा योजना आयोगमा दुई सदस्य नियुक्त गरिएको छ ।
प्रदेश सरकारले शुक्रबार एक महिला सहितदुई सदस्य नियुक्त गरेको छ । सिरहा जिल्लाको मिर्चैया नगरपालिका २ का डा. बैद्यनाथ महतो र धनुषाको मिथिला नगरपालिका ६ की प्रमिला कुमारी सिंह प्रदेश नीति तथा योजना आयोगको सदस्यमा नियुक्त भएका हुन । नवनियुक्त दुबै सदस्यहरुलाई मुख्यमन्त्री लालबाबु राउतले शुक्रबार नियुक्ती पत्र हस्तान्तरण गरेका हुन् । सदस्य नहुदाँ आयोगको काम कारवाही प्रभावित हुदै आएको थियो । प्रदेश सरकारले करिव डेढ वर्ष अघि आयोगका उपाध्यक्ष डा. हरिवंश झा सहित सदस्यहरु डा. सुरेन्द्र झा र राजकुमार लेखिलाई हटाएका थिए । पछि उपाध्यक्षमा डा. भोगेन्द्र झालाई नियुक्त गरिएपनि सदस्यहरु खालि नै रहेको थियो ।


