अपडेट 
२०७८ असार १९, शनिबार १६:२७

नेपालमा शनिबार थप २ हजार ३ सय २८ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ५ हजार ८ सय ३७ वटा पिसिआर परिक्षणका क्रममा १ हजार ५ सय २७ ४ हजार २ सय ९६ एन्टीजेन परिक्षणका क्रममा ८०१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मनत्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८१ हजार १३६ पुगेको छ । त्यस्तै थप १९ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार १ सय ९८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ३ हजार ६६ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ६ हजार ६ सय ६६ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २७ हजार ७१६ सक्रिय संक्रमित आइशालेशन र २९५ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म ३३ लाख ६३ हजार ६६६ वटा पिसिआर र २ लाख ९ सय ९२ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News