२०७८ असार २०, आईतवार ०८:०३

अविरल वर्षासँगै लालबकैया नदीमा आएको बाढीले रौतहटको कटहरिया गम्हरीया सडकखण्ड अवरुद्ध भएको छ ।

पछिल्लो चार दिनदेखिको लगातार भइरहेको अबिरल वर्षासँगै लालबकैया नदीमा आएको बाढीले कटहरिया– गम्हरिया सडकमा आवागमन ठप्प भएको हो । कटहरिया–गम्हरिया सडकखण्डको लालबकैया नदीको पुल भन्दा करिव सय मिटर पश्चिमपट्टी मुख्य बाटोमै करिव २० मिटर लामो कजबे(लचका) निर्माण गरिएको छ । लालबकैया नदिमा आएको बाढीको पानी सो कजबे माथी नै भएर बग्न थालेपछि सो बाटो अहिले अवरुद्ध भएको छ । कजबेमाथि भएर बाढीको तीन फिट भन्दा बढी पानी चलेको छ । जसका कारण यातायात सञ्चालन पुर्ण रुपमा बन्द भएको छ । कटहरिया नगरपालिका ४ लालबकैया नदिमा निर्माणधिन पुलको बाटोमा रहेको उक्त कजबे डुवानमा पर्दा शुक्रबारदेखि नै सो सडकखण्ड अवरुद्ध रहेको छ । कटहरिया,गरुडा आसपासका दर्जन बढी गाउँका मानिस कलैया बिरगञ्जसम्म जाने पुलकै बाटो प्रयोग गर्दै आएका छन । हाल उक्त बाटो अवरुद्ध भएपछि सो क्षेत्रका हजारौं मानिसलाई कलैया बिरगञ्ज आउनजान १५ किलोमिटर घुमाउरो बाटो जानुपर्ने बाध्यता भएको बहादुरपुरका स्थानीय बासिन्दा मनोज साहले बताए । सरकारले कजबे बनाएको सो ठाउँमा पुलको आवश्यक्ता छ तर पुल बनाउनुपर्ने ठाउँमा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटले कजबे बनाएपछि प्रत्येक वर्ष लालबकैया नदिमा आउने बाढीको पानीले सो कजबे डुवानमा पर्ने गरेको छ ।

जसका कारण प्रत्येक वर्ष बर्षायाममा सो सडक अवरुद्ध हुने गरेको छ । बाढीको पानीले सडक अवरुद्ध हुँदा सो भेगका हजारौ मानिसले बाटोको समस्या झेल्दै आएका छन । सो कजबे प्रत्येक वर्ष डुवानमा पर्दै आएको र स्थानीयहरुलाई आवतजावत गर्न ठुलो समस्या हुँदै आएपनि समस्या समाधानका लागि सम्बन्धित निकायले कुनै चासो लिएको छैन । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको चरम लापरवाहीका कारण प्रत्येक वर्ष वर्षातको समयमा आफुहरु बाटोको समस्या झेल्दै आएको स्थानीयहरुले बताएका छन । पुल बनाउनुपर्ने ठाउँमा डिभिजन कार्यालयले कजबे बनाएका कारण अहिले बाढीको पानी सो कजबेमाथी भएर नै बग्न थालेपछि सडक अवरुद्ध हुन पुगेको स्थानीय लक्ष्मी साहले बताए । कजबेमाथी बाढीको पानी बग्न थाल्दा सरकारको लगानी बालुवामा पानी फेरे झै भएको उनले बताए । सो ठाउँमा पुल बनाएपछि मात्र यो समस्या समाधान हुने साहले बताए । साह जस्तै अन्य स्थानीयहरुले पनि उक्त सडक खण्डमा निर्माण गरिएको कजबेको ठाउँमा पुल बनाउन सम्बन्धित निकायसँग माग गरेका छन । बाढीबाट हुने डुवान तथा अन्य समस्यासँग जुध्न पूर्व तयारी पूरा भएको स्थानीय प्रशासनले जनाएको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बाढी बाट हुने जोखिम न्यून गर्न अथवा समस्यामा परेकालाई उद्वार गर्न मोटर बोट,प्लास्टिक र काठको डुङ्गा सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका एकसयभन्दा बढी जवान २४ औं घण्टा तयारी अवस्थामा रहेको बताए । अविरल बर्षाको कारण जिल्लाको केही भाग डुबानमा परेको छ भने ग्रामीण भेगको बाटो हिलामय भएर आवतजावत गर्न कठिनाइ भएको छ ।

Comment


Related News

Latest News

Trending News