अपडेट 
२०७८ असार २०, आईतवार ०८:१०

यतिबेला नेपाली कांग्रेस चौधौं महाधिवेशनको चटारोमा छ । सभापति शेरबहादुर देउवाले संवैधानिक बाध्यतालाई दृष्टिगतगर्दै, कार्य समितिको सहमतिमा महाधिवेशनको मिति तोकी सकेकाछन – भदौ १६ गतेदेखि भदौ १९ गतेसम्म । यही मितिमा महाधिवेशन हुन्छ कि हुँदैन ? अहिले पनि केही भन्न सकिन्न । अहिलेको अवस्थामा पार्टी सभापति देउवा अरु राजनीतिक कार्यमा ब्यस्त छन । उनी यतिबेला प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली सरकारको प्रतिगमनका बिरुध्द खडा भएको पाँचदलीय गठबन्धनका मुख्य नेता हुन । प्रधानमन्त्री ओलीले सिफारिश गरेको प्रतिनिधि सभा बिघटन सर्वोच्च अदालतबाट बदरहुने बित्तिकै सभापति देउवाको काँधमा प्रधानमन्त्रीको ठूलो जिम्मेवारी आउने सम्भावना रहेकोछ । कदाचित सभापति देउवा प्रधानमन्त्री नियुक्त भएभने महाधिवेशन अर्को मितिका लागि स्थगितहुने सम्भावना पनि त्यत्तिकै रहेकोछ । यता, महाधिवेशनका मुख्य कार्यहरु अझै सकिएको छैन ।

महाधिवेशनको मुख्य काम सदस्यहरुको नामावलीको प्रमाणीकरण हो । यो मामिला सल्टाउन भर्खरै नेताहरु खटिएका छन । देशका अग्रणी बिव्दानहरुले यो पटक महाधिवेशनका लागि कांग्रेसका थुप्रै एजेण्डा भएको अन्दाज गरेका छन । तर, कांग्रेस नेताहरुको टेबुलमा अहिलेसम्म त्यस्तो कुनै एजेण्डाको फाइल देखिएको छैन । अहिलेका लागि, महाधिवेशनको एकमात्र एजेण्डा सभापति तथा पदाधिकारीहरुको चुनाव नै हो । सभापति देउवाले केही दिनअघि कांग्रेस सभापतिको पदमा आफनो बिकल्प कोही नदेखिएकोले दोस्रोपटक पनि आफै चुनाव लडने घोषणा गरेका थिए । त्यसको प्रत्युत्तरमा उप–सभापति बिमलेन्द्र निधिले ‘तेह«ौ महाधिवेशनको लगत्तै चौधौ महाधिवेशनमा आपूmले सभापति पदको चुनाव लडने’ घोषणा गरेको कुरा सभापति देउवालाई सम्झाएका थिए । मधेश–पहाड एकता र धर्म–निरपेक्षताका पक्षधर निधि सभापति पदका लागि कस्सिएर सक्रिय भएका छन । सभापति देउवालाई बिमलेन्द्रको उम्मेदवारी निकै बलियो धक्काका रुपमा आएको बताइन्छ । बिमलेन्द्रले शशांक र प्रकाशमानसंग जोडी मिलाएर राजनीतिक विरासतका बीच एकताको सम्भावना पनि खोजेका छन । उनको उम्मेदवारीेले यो पटकको चुनाव अलग खालको र केही हदसम्म आक्रामकहुने संकेत आएकोछ । मानिसमा ‘कांग्रेसी चुनावको रस¬’ अलिकति बस्न थालेको छ । सभापति बाहेक अन्य पदाधिकारीमा चुनाव लडन समेत नयाँ अनुहार जमजमाएको देखिने सम्भावना बढेकोछ । यतिखेर, मानिसमा अब कांग्रेसबाट ‘केही होला कि त ेष्ठको लोकप्रियता मात्रै कांग्रेसको चुनाव जित्न पर्याप्त छैन । अहिलेको जमानामा त्याग र तपस्याका कुरा दन्त्यकथा भै सकेकाछन ।

नयाँ जमानासंग निकट रहेका प्रकाशमान सिंहले पनि आफूलाई कांग्रेस सभापतिको उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन । सर्वमान्य नेता गणेशमानसिंहका सुपुत्रका रुपमा प्रकाशमानप्रति जनताको आकर्षण नरहेको होइन । तर, चुनावमा भावनात्मक आकर्षणले खासै अर्थ राख्दैन । त्यसका लागि पर्याप्त योगदान आबश्यक हुन्छ । पार्टी संगठनमा प्रकाशमान सिंहको अलग योगदान होला । त्यसैले पनि, प्रकाशमान सिंह सभापतिको उम्मेदवार हुनु स्वाभाविक हो । उनी अहिले सभापति नभए कहिले हुने ? यो महत्वपूर्ण प्रश्न हो । नेपाली कांग्रेसको पूरै जीवनमा अत्यधिक महत्वराख्ने कोइराला परिवारका तीन सदस्यले कांग्रेस सभापति पदमा निर्वाचन लडने आकांक्षा राखेका छन । हाल निर्वाचित महामन्त्रीका रुपमा कार्यरत डा. शशांक कोइरालाले पार्टी सभापतिको चुनाव लडने कुरा धेरै अघि देखि बताउँदै आएका हुन । उनी नेपाललाई हिन्दू राष्ट्र बनाउने वा नवनाउने कुरामा जनमत संग्रह गराउनुपर्ने बिचार राख्दछन । तर, धार्मिक स्वतन्त्रतालाई आफनो अभीष्ट मान्दछन । बीपी कोइरालाका कान्छा सुपुत्र शशांकमा राजनीतिक समझ र सूझबूझ नभएको होइन । नेपाली कांग्रेसजस्तो राजनीतिक संगठनलाई कसरी आधुनिक हिसावले रुपान्तरितगर्न सकिन्छ ?

त्यसबारे बिचार गर्नुपर्ने दायित्वबाट उनी पन्छिन चाहँदैनन । नेपाली कांग्रेसको तेह«ौं महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रिय सदस्य चुनिएका शेखर कोइराला चौधौं महाधिवेशनमा सभापति पदको प्रवल दावेदार बनेका छन । उनले बिगत पाँच बर्षको समयमा अनेक पटक जिल्ला भ्रमण गरेर कांग्रेसीहरुको नाडी छामेका छन । कालाजर रोगका बिशेषज्ञ डा. शेखर कोइराला निर्वाचनबाट पछि हटने मनस्थितिमा देखिदैनन । सुजाता कोइराला पनि कांग्रेसको पहिलो महिला सभापति बन्न चुनावमा उत्रिन चाहन्छिन । सभापतिका अर्का उम्मेदवार महोत्तरीका कल्याण गुरुंग पनि हुन । रामचन्द्र पौडेल तथा कृष्ण सिटौला दुबै नेताहरु यो पटक आफैं ‘किंग’ बन्ने हुन कि ‘किंगमेकर

Comment


Related News

Latest News

Trending News