२०७८ असार २०, आईतवार ०८:१६

जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा रहेको ५ सदस्यीय अध्ययन अवलोकन भ्रमण टोली र वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरु बीच शनिबार अन्तरक्रिया भएको छ ।

वीउवासङ्घका का.वा. अध्यक्ष हरिप्रसाद गौतमले अध्ययन अवलोकन भ्रमण टोलीलाई स्वागत गर्दै वीउवासङ्घको ऐतिहासिक पृष्ठभूमि, गण्डक–पथलैया औद्योगिक कोरिडोर, पर्सा–बारा क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा पु¥याइरहेको योगदानका बारे चर्चा गर्दै कूल राष्ट्रिय राजस्वको आधा हिस्सा ओगटेको यस क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्नेमा जोड दिए । उनले जनकपुर र वीरगञ्जले एउटै प्रकृतिका समस्याहरु भोगिरहेकोले हाम्रा साझा समस्याको समाधानका लागि साझा प्रयत्नको आवश्यकता औल्याए । यसैगरी जनकपुर उवासङ्घका अध्यक्ष जितेन्द्र महासेठले नेपालकै सबैभन्दा पुरानो उ.वा.सङ्घको रुपमा परिचित वीउवासङ्घले आफ्नो स्थापनाकालदेखि नै पर्सा– बारा क्षेत्रको उद्योग, व्यापारको उन्नयनमा पु¥याउँदै आएको योगदान सराह्नीय रहेको धारणा राखे । उनले अध्ययन अवलोकन भ्रमणको उद्देश्य विभिन्न चेम्बरको स्थलगत भ्रमणबाट चेम्बर बीचको सम्बन्ध विस्तार र एक आपसमा के कस्ता विषयहरुमा सहकार्य गर्न सकिन्छ त्यस्ता मुद्दाहरुको पहिचान गर्न समेत मद्दत पुग्ने बताए ।

उनले जनकपुर क्षेत्रमा १३ वटा मात्र ठूला उद्योग रहेका र साना, घरेलु उद्योग, व्यवसायको बाहुल्यता रहेकोले साना, घरेलु उद्योग, व्यवसायको प्रबद्र्धन हाम्रो संस्थागत भूमिका रहने र राज्यको पनि जिम्मेवारी रहेको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. २ का अध्यक्ष तथा वीउवासङ्घका पूर्व अध्यक्ष गणेशप्रसाद लाठले क्षेत्रीय विकासको लागि उद्योग वाणिज्य सङ्घहरु बीच समन्वय र सहकार्यको आवश्यकता रहेको बताउए । साथै उवासङ्घहरु बीच सम्बन्ध विस्तारको लागि प्रदेश उवासङ्घले प्रभावकारी भूमिका खेल्ने बताए । वीउवासङ्घका महासचिव मनोजकुमार दासले धन्यवाद ज्ञापन गर्नु भएको उक्त कार्यक्रममा वीउवासङ्घ र जनकपुर उवासङ्घका पदाधिकारी, का.स.स.हरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News