२०७८ असार २०, आईतवार ०८:२७
जीतपुर । ईलाका प्रहरी कार्यालय निजगढभित्र पानी पस्दा थुनुवाहरुलाई अन्यत्र सारिएको छ ।
मंगलबारदेखि परेको अबिरल बर्षाका कारण निजगढस्थित ईलाका प्रहरी कार्यालयमा पानी पसेको हो । पानी पस्दा थुनुवा र बन्दुक लगायत हातहतियारहरुलाई गाडिबाट ईलाका प्रहरी कार्यालय कोल्हबीमा सारिएको छ । पानी निकासको माध्यम नहुँदा बर्षाको पानी ईलाका प्रहरी कार्यालय निजगढमा पसेको हो । बाटो बन्द भएर प्रहरीहरु पर्खाल उक्लेर आवतजावत गरिरहेको भेटिएका थिए । निजगढका सर्बसधारणहरुले प्रहरीको उद्धार गरेको थिए । प्रहरीहरुलाई बस्न र दैनिक कामकाजमा समेत समस्या भएको छ ।


