अपडेट 
२०७८ असार २०, आईतवार ११:२७

आइतबार नेपाली बजारमा सुनको मूल्य थप २०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ५०० रुपैयाँ कायम भएको हो । गत शुक्रबार प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै सुन बजारमा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला २०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, यता चाँदीको मूल्य समेत गत शुक्रबारको तुलनामा प्रतितोला १५ रुपैयाँले वृद्धि हुँदै आज एक हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News