२०७८ असार २१, सोमबार ०७:४९

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका कुम्हरौलस्थित रहेको माँजानकी जनता प्राथमिक विद्यालयमा अध्ययनरत छात्रछात्रालाई पुस्तक वितरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष अशोक साहको अध्यक्षतामा बालकक्षादेखि कक्षा ३ सम्मको १२० विद्यार्थीहरुलाई पुस्तक वितरण गरिएको छ । प्रधानध्यापक विमला अधिकारीका अनुसार विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण अध्ययनरत विद्यार्थीहरुको वार्षिक परीक्षा लिन नसके तापनी पूर्व परिक्षाको मुल्याङ्कन गरी विद्यार्थीहरुको रिजल्ट प्रकासित गरेको छु अब अपग्रेड भएका विद्यार्थीहरु लकडाउनको अवधिभर घरमै बसी अध्ययन गरोस उदेश्यका साथ विद्यालय खोल्ने अवस्था नभएपनि प्रत्यक विद्यार्थीलाई पुस्तक प्रदान गरिएको छ । साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष साहद्वारा उपस्थित विद्यार्थीहरुलाई लकडाउन अवधिमा घरमा कसरी पढने भनेर प्रशिक्षण दिइएको थियो । पुस्तक वितरण कार्यक्रममा व्यवस्थापन समिति दलित सदस्य संगिता देवी सदा, वालविकास शिक्षक सोसिता देवी साह, मिरा कुमारी राउत, अमृता कुमारी यादव लगायतका शिक्षकहरुको उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News