२०७८ असार २१, सोमबार ०८:०५

नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री ओलीको समर्थनमा जुलुस प्रदर्शन गरेको छ ।

प्रधानमन्त्रीको समर्थन र विपक्षी गठबन्धनका नेताहरुको विरुद्धमा संघका कार्यकर्ताहरुले आईतवार दिउँसो जनकपुरको रेल्वे स्टेशनदेखि जनक चोकसम्म प्रदर्शन गरेका हुन् । लाठी बोकेर प्रदर्शनमा सहभागी भएका युवाहरुले ‘ओली बा अघि बढ्नुस्, साथ दिन तयार छौं’ नारा लगाएका छन् । कडा सुरक्षाबीच जनकचोक पुगेका संघका कार्यकर्ताहरु विपक्षी गठबन्धनका नेताहरुको पुत्ला दहन गरे । सुरक्षार्थ ठूलो संख्यामा खटेका सुरक्षाकर्मीले नेताहरुको पुत्ला जलाउँदा रोकेनन् । केहि दिनअगाडी जनकपुरमा सरकारविरुद्ध विपक्षी गठबन्धनका विद्यार्थीहरुले गरेको प्रदर्शनमा यूवा संघका कार्यकर्ताहरुले आक्रमणको प्रयास गरेका थिए । त्यसपछि चुनौती दिएर विपक्षी गठबन्धनका विद्यार्थी र यूवाहरुले सरकार विरुद्ध प्रदर्शन गर्दा युवा संघका कार्यकर्ता प्रतिकार गर्न सकेनन् । आन्दोलनका क्रममा विपक्षी गठबन्धनका विद्यार्थीहरु सडकमा आउन चुनौती दिएपछि युवा संघका कार्यकर्ता आईतवार लाठी बोकेर शक्ति प्रदर्शन गरे । कोणसभामा संघका केहि कार्यकर्ताले सरकारविरुद्ध आन्दोलन गर्नेको पुनः प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News