२०७८ असार २१, सोमबार ०८:०७

गौशाला । सर्वोच्च अदालतको अन्तरिम आदेश पछि शेष फारुकले सम्सी गाउँपालिका अध्यक्षको पदभार सम्हालेका छन् ।

आइतबार सम्सी गाउँपालिकामा शक्ति प्रदर्शन गर्दै फारुकले पदभार सम्हालेका छन् । विजयी उत्सवमा सहभागि समर्थकलाई सम्बोधन गर्दै अध्यक्ष फारुकले आफुलाई असफल बनाउन स्थानिय नेताहरुले पद मुक्त गर्न चलखेल गरेको आरोप लगाए । माओवादी कार्यकर्ता थिए, रहने छु, उनले भने,‘म लाई माओवादी पार्टीले कारवाहि गरेको होइन । सम्सी गाउँपालिकाकै नेताहरु मलाई असफल बनाउन चलखेल गरेका छन् ।’ सम्सीको विकास हुन नदिन र निर्वाचित जनप्रतिनिधिलाई असफल बनाउने खेल असफल बनाउन स्थानियको सहयोग आवश्यक छ, उनले भने । निर्वाचित भएको तीन वर्ष सम्म माओवादीका नेताहरुले काम नै गर्न नदिएर पद मुक्त गर्न खोजेकोले बाँकी रहेको एक वर्षमै जनतालाई महशुस हुने गरी काम गरेर देखाउने उनले प्रतिबद्धता जनाए । काम गर्न खोज्दा नगर सभा विरुद्ध अदालतमा मुद्दा गर्न लगाउनु, वडा लाई दिएको बजेट खर्च नगर्नु र पद च्युत गर्न गाउँपालिकाका उप मेयरले नै पार्टीलाई उचालेको उनले आरोप लगाए ।

हरेक १५ दिनमा नयाँ झमेला झिकेर माओवादीका नेताहरुले काम गर्न नदिएर असफल बनाउन लागेको भन्दै अध्यक्ष फारुकले पार्टीले असहयोग गरे आम नागरिकको मद्दतले सम्सीको विकास गरी फेरी पनि चुनाव जितेर देखाउने चेतावनी समेत दिए । फारुकको विजयी उत्सवमा वडाध्यक्षहरु, कार्यकापालिका सदस्यहरु, विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु सहभागि थिए । निर्वाचन आयोगले पद मुक्त गरेको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिए पछि सम्सी गाउँपालिकाको अध्यक्षमा फारुकले पुनः पद सम्हालेको हो । सर्वोच्च अदालतका न्यायाधीश डा.कुमार चुडालको एकल इजलासले गाउँपालिका अध्यक्ष फारुकलाई पुर्ववत पदमा रही यथावत रुपमा काम कारवाहि गर्न दिन अन्तरिम आदेश दिएको हो । निवेदनको अन्तिम टुंगो नलागे सम्म अध्यक्ष फारुकलाई पद मुक्त गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगरी नियमित काम गर्न शुक्रबार सर्वोच्चले अन्तरिम आदेश दिएको थियो ।

Comment


Related News

Latest News

Trending News