अपडेट 
२०७८ असार २१, सोमबार १४:१८

फिलिपिन्समा आइतार भएको सैनिक विमान दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

फिलिपिन्सकाे रक्षा मन्त्रालयले सोमबार दिएकाे जानकारी अनुसार एउटा सैनिक विमान हवाई मैदानमा अवतरण गर्ने क्रममा आइतबार दुर्घटनाग्रस्त भएको थियाे, जहाँ मृत्यु हुनेकाे संख्या ५० पुगेकाे हाे । त्यसमा परेर आइतबार नै कम्तीमा पनि १७ जनाको मृत्यु भएको बताइएको थियो । सैनिकहरु चढेको उक्त विमानमा सवारमध्ये अरु घाइते थिए । ती घाइतेमध्ये केहीको मृत्यु भएपछि सोमबार मृतकको संख्या ५० पुगेको फिलिपिन्सको रक्षा मन्त्रालयले जानकारी दिएको हो । सी–१३० हर्कुलस विमानमा ९२ जना सवार रहेका बताइएको छ । सुलु प्रान्तको जोलो द्वीपस्थित विमानस्थलमा अवतरण गर्नेक्रममा नजिकैको आवासीय क्षेत्रमा आइतबार मध्याह्न विमान दुर्घटनाग्रस्त भएको हो ।

स्थानीय सञ्चारमाध्यमहरुमा प्रशारित दृष्यहरु र प्रकाशित तस्बिरमा दुर्घटनाग्रस्त विमान भुँइमा बजारिएसँगै आगलागी भएको देखिएको छ । विमान दुर्घटनाग्रस्त भएको नजिकै घरहरु माथि बाक्लो कालो धुँवा पनि ती दृष्यमा देखिएको छ । सोमबार एकजना सैनिक जर्नेलले दिएको समाचारमा त्यस दुर्घटनामा ९६ जना यात्रु रहेका र तीमध्ये ५० जनाको ज्यान गएको छ । अरु घाइते रहेका छन् । उनका अनुसार दुर्घटनामा परेर मृत्यु हुनेमा ४७ जना सैनिक छन् । अरु तीन जना गैरसैनिक नागरिक रहेका छन् ।

Comment


Related News

Latest News

Trending News