२०७८ असार २२, मंगलवार ०७:४६

विपक्षी पाँचदलीय गठबन्धनका विद्यार्थीहरुले संविधान रक्षाको लागि सोमबार जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा सहभागी विद्यार्थी नेताहरुले संविधानको धारा ७६ लागू गर्न माग गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी दल आबद्ध संयुक्त विद्यार्थी संगठन धनुषाले संविधानको रक्षाको लागि भन्दै प्रदर्शन गरेका छन् । स्थानीय रेल्वे स्टेसनबाट निस्केको र्याली भानुचोक, शिवचोक हुँदै जनकचोक पुगेर कोणसभामा परिणत भएको थियो । संयुक्त विद्यार्थी संगठनको आह्वानमा निस्केको विरोध र्यालीमा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध चर्को नाराबाजी समेत गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News