२०७८ असार २२, मंगलवार १३:०१

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुरधाम आइपुगेका छन् ।

क्यान्सर पीडित माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन भएपछि उनलाई श्रद्धाजली दिन प्रचण्ड जनकपुरधाम आएका हुन् । अहिले उनले जनकपुरधाम १४ स्थित मृतक यादवको घर पुगेर परिवारलाई सान्त्वना दिएका छन् । यादवका श्रीमतीलाई प्रचण्डले भने, अब महादेव जीको सपना हामीले मिलेर पुरा गर्नुपर्छ ।’ प्रचण्डले स्वर्गद्धारी पुगेर यादवप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । यादवको आजै अन्त्येष्टि गरिदैछ ।

Comment


Related News

Latest News

Trending News