प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विविधतालाई मनमुटाव र द्वन्द्वको विषय बनाउन नहुने बताउनु भएको छ ।
सप्तरीको सदरमुकाम राजविराजमा आज रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास गर्दै उहाले सो कुरा बताएका हुन । प्रधानमन्त्री ओलिले भौगोलिक, सामाजिक, भाषिक विविधता द्वन्द्वको विषय नभई सम्पन्नताको प्रतीक भएको बताउदै ‘हाम्रो देशमा भौगोलिक, प्राकृतिक, सामाजिक, जैविक, भाषिक विविधता छ । यो हाम्रो सम्पदा, सम्पन्नता हो । समृद्धि हो’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यसलाई हामीले मनमुटावको बिषय बनाउनुहुन्न । द्वन्द्वको विषय बनाउनुहुन्न ।’ प्रधानमन्त्री ओलीले कृषि उत्पादनलाई विदेशमा निर्यात गर्ने स्थितिमा पुर्याएको पनि दावी गर्नुभयो ‘कृषिमा गुणस्तरीय उत्पादन र निर्यातका लागि काम गर्यौं । खेतहरुमा सिञ्चाइको प्रबन्ध हामीले गर्यौं’ उहाले भन्नुभयो, ‘हामी विकास गर्न सक्छौं । विकासका कामलाई अगाडि बढाउन सक्छौं ।’
स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम गुणस्तरीय हुन्छ प्रधानमन्त्री ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको काम चाँडै हुने बताउनुभयो । ‘भवन निर्माणको काम छिटै र गुणस्तरीय रुपमा सम्पन्न हुनेछ’ उहाले भन्नुभयो जग्गा प्राप्त भएको, डिजाइन बनेको तथा बजेटको पनि व्यवस्था भइसकेकाले काम चाँडै सम्पन्न हुने बताउनुभयो। यो काममा स्थानीय पालिका, जनप्रतिनिधि र आम जनताको सहयोग हुने विश्वास उनले व्यक्त गरेका छन ।
कुल ११ अर्ब ९८ करोडको अनुमानित लागतमा ६२ विघा जग्गामा प्रतिष्ठान निर्माण हुन लागिएको हो । प्रतिष्ठानको डिपिआर ९विस्तृत परियोजना प्रतिवेदन० कालागि १५ करोड रुपैयाँ छुट्याइएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका निर्देशक डा।रणजीत कुमार झाले जानकारी दिनुभयो । ‘डिपिआर गर्न करिब ५र६ महिना समय लाग्छ’, उहाले बताउनुभयो ।
उक्त कार्यक्रममा राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, मधेश आयोगकी सदस्य आभासेतु सिंह, पूर्व सिंचाई मन्त्री उमेश कुमार यादव, राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, नेकपा एमालेका केन्द्रीय सदस्य सुखराम यादव, जनता समाजवादी पार्टी प्रदेश २ का सचिव दिनेश यादव र जिल्ला अध्यक्ष केदार प्रसाद यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, राजविराज नगरपालिकाकी उप–मेयर साधन झा, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली लगायतकाहरुको उपस्थिती रहेको थियो ।


