अपडेट 
२०७८ असार २३, बुधबार १२:२५

केही दिनयता लगातार बढिरहेको सुनको मूल्य बुधबार थप ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले बढ्दै ९२ हजार २०० रुपैयाँ पुगेको हो । गत मंगलबार बजारमा सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य समेत ४०० रुपैयाँले नै वृद्धि हुँदै प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ ।  तर, यता चाँदीको मूल्य भने गत मंगलबारको तुलनामा प्रतितोला १० रुपैयाँले घट्दै आज एक हजार ३२० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News