२०७८ असार २३, बुधबार १७:३८

सर्लाही चेम्बर अफ कमर्सले आज (बुधबार) सदरमुकाम मलंगवामा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि भर्खरै जिल्लामा सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी नायव उपरीक्षकलाई संयुक्त रूपमा स्वागत गरेको छ ।

सर्लाही जिल्लामा सरुवा भइ आउनु भएका प्रमुख जिल्ला अधिकारी राम कुमार महतो र प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीलाई स्वागत गर्दै संघका बरिस्ठ उपाध्यक्ष संजय गुप्ता ञसुगन्धझ ले उहाँहरुको सर्लाहीको बसाई सुखद होस् भन्ने कामना गर्दै सफल कार्यकाल शुभकामना ब्यक्त गर्नु भयो ।उहाँहरुको स्वागत गर्दै बरिस्ठ उपाध्यक्ष गुप्ताले जिल्लाको बृहत्तर विकासका लागि सुरक्षा निकाय, प्रशासन , निजि तथा व्यवसायीक क्षेत्रको सहकार्य हुनु पर्नेमा जोड दिंदै स्थानिय प्रशासन संग मिलेर समग्र सर्लाही जिल्लाको विकासका लागि सर्लाही चेम्बर अफ कमर्स सदैव तत्पर रहने बताउनु भयो ।  कार्यक्रममा उहाँले प्रजिअ महतो र डिएसपी बुढाथोकीलाई जिल्लाका विभिन्न समस्याहरुको बारेमा समेत जानकारी गराइ समाधानको लागि पहल गरिदिन आग्रह गरेका थिए ।सरकार सँग लाइसेन्स लिएर नेपाल भारत सिमा नजिक सरकारलाई कर बुझाएर बिक्री वितरणका लागि ल्याउने मदिराहरुको बिक्रीवितरणमा यहाँका प्रहरी प्रशासनले व्यापारीहरुलाई अवरोध गर्ने गरेकोले यस सम्बन्धि ध्यान पुर्याउन ,मलंगवा नगरपालिका र ब्रह्मपुरी गाउँपालिकाको भेल्ही नजिकको झिम भएर रातको समयमा आवतजावत गर्ने व्यापारी तथा सर्वसाधारणहरुलाई केही लुटेराहरुले लुटपाट गर्ने गरेकोले सोको नियन्त्रण गर्न पहल गरिदिन आग्रह गरेको छ ।

त्यस्तै कोरोना भाइरसको संक्रमणलाई लिएर सरकारले जारी गरेको २ महिने लकडाउनका कारण आआफ्नो व्यापार व्यवसाय तथा उद्योगधन्दाको नविकरण गराउनबाट बन्चित भएकाहरु सँग घरेलु कार्यालयले नविकरण गराउन ढिलो भएको भन्दै जरिवाना असुल गरिरहेकोले जरिवाना नलिनका लागि नेपाल सरकार सँग पहल गरिदिन र बैंक तथा वित्तीय संस्थासँग श्रृण लिएर संचालन गरेको पसल तथा उद्योगधन्दा लकडाउनको अवधीभरी बन्द रहेकाले सो अवधीभरी लाग्ने ब्याज रकम मिनाहा गराउन आवश्यक पहल गरेर सहयोग गरिदिन कमर्सले प्रजिअ सँग आग्रह गरेका थिए ।साथै उक्त कार्यक्रमका सहभागीहरुले जिल्लाको एक अर्को विकराल समस्याको रुपमा रहेको लागुऔषधको ओसारपसार तथा सेवन जस्ता गम्भीर समस्याको विषयमा ध्यानाकर्षण गराउँदै त्यसलाई नियन्त्रण गर्न कडाइसाथ पहल गरिदिन आग्रह गरेका थिए ।

मलंगवा स्थित जानकी पार्टी प्यालेसमा सम्पन्न भएको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा सर्लाही प्रहरी प्रमुख ,सशस्त्र प्रहरी प्रमुख ,सर्लाही चेम्बर अफ कमर्सका पदाधिकारी तथा सदस्य लगायत उद्योगी व्यापारीहरुको उपस्थिति रहेको कमर्सका बरिस्ठ उपाध्यक्ष गुप्ताले जानकारी गराए ।

Comment


Related News

Latest News

Trending News