अपडेट 
२०७८ असार २४, बिहीबार १२:००

भारतमा बुधबार ४५,७२४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यतिबेला ४४,५०६ जना निको भए र ८१९ जनाको संक्रमणका कारण निधन भएको छ । सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा पनि ३५९ को वृद्धि दर्ता गरिएको छ ।भारतमा ५६ दिनपछि निको हुने संक्रमितभन्दा नयाँ संक्रमित बढी देखिएको हो । ५६ दिनपछि नै सक्रिय संक्रमितमा पनि वृद्धि देखियो । यसअघि १२ मे मा ३.६२ लाख नयाँ संक्रमित भेटिएका थिए र ३.५२ लाख बिरामी निको भएका थिए । यस्तै त्यसै दिन, सक्रिय संक्रमितमा पनि ६,३९९ को वृद्धि भएको छ । त्यस दिनदेखि सक्रिय संक्रमितमा लगातार गिरावट भइरहेको थियो ।

Comment


Related News

Latest News

Trending News