अपडेट 
२०७८ असार २६, शनिबार १३:५८

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्यामा वृद्धि भएकाे छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट एक हजार २०६ जनाको मृत्यु भएको छ ।

भारतमा यसअघि एक दिनमा ९११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको विवरण शुक्रबार बिहान सार्वजनिक गरिएको थियो । योसँगै भारतमा कोरोना संक्रमणबाट अहिलेसम्म चार लाख सात हजार १४५ जनाको मृत्यु भइसकेकाे छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४२ हजार ७६६ जना कोरोना संक्रमित थपिएका छन् । भारतमा संक्रिय संक्रमितकाे कुल सङ्ख्या चार लाख ५५ हजार ३३ पुगेको छ । यो सङ्ख्या कुल सङ्क्रमितमध्येको १.४८ प्रतिशत रहेको छ। सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरूको सङ्ख्या भारतमा अहिलेसम्म कुल दुई करोड ९९ लाख ३३ हजार ५३८ पुगेको छ ।

भारतमा पछिल्लो एक दिनमा ४५ हजार २५४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिले निकाे हुनेकाे प्रतिशत ९७.२० पुगेकाे जनाइएकाे छ ।

Comment


Related News

Latest News

Trending News