अपडेट 
२०७८ असार २७, आईतवार ०७:५४

नारायणी अस्पतालको फार्मेसी पसल अस्पताल समितिको लागी ‘सेतो हात्ती’ बनेको छ ।

चार वर्षअघि सरकारले दिएको २० लाखबाट आफ्नै हातामा सुरु भएको अस्पतालको फार्मेसी सञ्चालनमा ल्याएको थियो । तर गलत व्यवस्थापनको कारण उक्त फार्मेसी छोटो अवधिमै कोमामा पुगेको छ । सुरुमा भइरहेको दैनिक व्यापार ४०÷५० हजार रुपैयाँबाट झरेर तिन÷चार हजारमा पुगेको छ । अहिले अस्पतालको फार्मेसीमा पारा सिटामोल पनि पाउन छाडेको छ । अस्पतालमा भर्ना भएका बिरामिहरुलाई विशेष सुविधाहोस भने उदश्यले संचालनमा ल्याइएको फार्मेसी पसलमा चिकित्सकले लेखाका अनुसारका प्रायः औषधि पाइँदैनन् । लगभग दुई बर्षदेखि औषधि व्यवस्थापन नहुँदा फार्मेसी बन्द हुने अवस्थामा छ । जसको लाभ परिसर बाहिर रहेका अन्य फार्मेसीले उठाइरहेका छन् । कर्मचारीहरुको मिलेमतोमा फार्मेसीलाई औषधीविहीन बनाएको एक चिकित्सकले बताए । उनले भने बिरामीलाई आवश्यक पर्ने औषधी राखिदैन फार्मेसीमा, त्यसैले बाहिर महगो मुल्यमा औषधी खरिद गर्नुपर्ने बाध्यता छ । ‘नाम मात्रको फार्मेसी छ । कुनै बेला कर्मचारी हुँदैनन ।

कुनै बेला यो औषधि छैन, त्यो औषधि छैन भनेर फर्काउँछन् ।’ फर्मेसीको कमाइले कर्मचारीको तलबभत्ता पनि नपुग्ने अवस्था छैन् । सरकारले दिएको सिडमनी समेत तलबमै सकिएपछि उधारोमा आषधी ल्याइको पसलका प्रमुख हरिदर यादवले बताए । नारायणी अस्पतालका प्रशासन हेर्ने नायब सुब्बा मुकुन्दकुमार पौडेलका अनुसार फार्मेसीमा ६ जना कर्मचारी छन् । जसमा एक जना फार्मेसी अधिृकत, चार जना फार्मेसी सहायक, एक जना कार्यालय सहयोगी छन् । कोरोना महमारीमा सरकारले पठाएको स्वास्थ्य जोखिम भत्ताको पैसाबाट दुई वर्षदेखि कर्मचारीलाई तलबभत्ता दिइएको फार्मेसीका इन्चार्ज हरेन्द्रप्रसाद यादव बताउँछन् । अस्पतालका कर्मचारी भने फार्मेसीका कर्मचारीको लापारबाहीले यस्तो अवस्था आएको दाबी गर्छन् । फार्मेसी इन्चार्ज यादव हाल औषधि व्यवस्था विभागमा दर्ता रहेका १३ सयमध्ये १५० प्रकारका औषधिमात्र स्टक रहेको बताउँछन् । तर पसलका काउण्टरमा १५ देखि २० प्रकारका औषधीहरु मात्रै रहेको देखिन्छ । दुई वर्षदेखि कोरोना महमारीका कारण ओपिडी, मेडिकल र सर्जिकल वडा प्रभावित भएकोले औषधि बिक्रीमा गिरावट आएको दाबी गरे । उनले कोरोनाका कारण केहि समय पसल बन्द समेत गरिएको बताए । चिकित्सक र फार्मेसी कर्मचारीले मिलेर काम गरे दैनिक एक लाखभन्दा बढीको औषधि बिक्री हुनसक्ने दाबी उनको छ ।

ओषधि सिफारिस गर्दा फार्मेसीको उपलब्धता हेरे सहज हुने उनको तर्क छ । तर नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. अरुणकुमार सिंहले बिरामीलाई उपयुक्त औषधि लेख्ने आफूहरुको धर्म भएको बताउँछन् । अस्पतालले अगामी आर्थिक वर्षका ४ करोड ९० लाखको औषधि तथा सर्जिकल सामान खरिदको टेण्डर गरेको छ। जसमा शशी श्रीवास्तव सञ्चालक रहेको पर्सा साइन्स इम्पोरियम, राजेश झा सञ्चालक रहेको हस्पिटल सर्भिस, ज्याउल हक सञ्चालक रहेको आमना फार्मेसी वीरगंज, महेश यादव सञ्चालक रहेको महेश मेडिसिन डिस्ट्रीब्युटर रौतहटले अलग–अलग ठेक्का सम्झौता गरिसकेका छन् । अस्पताले बिमा बोर्डबाट हालसम्म ३० लाख भुक्तानी पाएको छ भने ७० लाख भुक्तानी लिन बाँकी रहेको पनि बताएको छ। अस्पतालबाट पठाइएको बिलहरुमा शंका भएपछि भुक्तानीमा ढिलाइ भएको हो ।

Comment


Related News

Latest News

Trending News