अपडेट 
२०७८ असार २७, आईतवार १६:४०

नेपालमा आइतबार थप १,८३१ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ५ हजार ५ सय ३५ पिसिआर परिक्षणका क्रममा १ हजार २ सय ३७ र ३ हजार ६ सय ८३ एन्टीजेन परिक्षणका क्रममा ५९४ जनामा कोराना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९९ हजार ८८ पुगेको छ । त्यस्तै त्यस्तै कोरोना कारण थप २० जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा ९ हजार ३ सय ८२ जनाको मृत्यु भएको छ । त्यस्तै कोरोनाबाट थप १५३३ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख १९ हजार ८९४ जना कोरोनामुक्त भएका छन् । हाल २६ हजार १७३ सक्रिय संक्रमित आइशोलेशनमा छन् भने ३०४ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३४ लाख १५ हजार ४७५ वटा पिसिआर र २ लाख ३४ हजार ७७७ वटा एन्टीजेन परिक्षण गरिएको छ ।

Comment


Related News

Latest News

Trending News