अपडेट 
२०७८ असार २९, मंगलवार १२:०६

भारतमा २७ दिनपछि कोरोना संक्रमितको मृत्युदरमा अचानक वृद्धि भएको छ ।

सोमबार २,०२४ जनाको मृत्यु भएको छ । यसअघि दुई हजारभन्दा बढी मृत्यु १६ जूनमा भएको थियो, त्यतिबेला २,३२९ जनाको मृत्यु भएको थियो । मृतकमध्ये सबैभन्दा धेरै मध्यप्रदेशमा भएको छ । यहाँ १,४८१ जनाको मृत्यु भएको बताइएको छ । यद्यपि, राज्यको १,४७८ मृतकको पुरानो आँकडा मिलाउँदा यस्तो भएको हो । महाराष्ट्रमा पनि पहिला यस्तै गरिएको थियो ।  त्यहाँ ९ जुलाईमा मृतकको पुरानो आँकडा मिलाएपछि ७३८ जनाको मृत्यु भएको जानकारी दिइएको थियो । त्यसपछि पनि देशभरी भएको मृत्युको आँकडा १,२०७ सम्म पुगेको थियो ।

मृतकको पुरानो आँकडा १७ मेमा पहिलो पटक मिलाइएको  थियो । त्यसपछि जूनको अन्तिम दुई दिन र जुलाईको सुरुवाती दुई दिनमा लगातार पुरानो मृत्युको आँकडा जोडिएको थियो ।

Comment


Related News

Latest News

Trending News