२०७८ असार २९, मंगलवार २०:२६
संसद पुरस्थापन र शेरवहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतको परमादेश विरुद्ध एमाले समर्थीत युवा संघले जनकपुरधाममा मशाल जुलुश प्रर्दशन गरेको छ ।
संघ संग आवद्ध युवाहरुले स्थानिय शिवचौकबाट मशाल जुलुश प्रर्दशन गर्दै राम चौक हुदै जनकचौकमा पुगेर प्रर्दशन गरेका थिए । जनकचौकमा प्रहरी पुगेपछि युवा र प्रहरी विच भिडन्तको स्थिती पुगेको थियो । जनकचौकबाट प्रहरीलाई छल्दै शिवचौक हुदै भानुचौकमा पुगेर मशाल जुलुस समापन गरेका थिए । प्रर्दशनमा सर्वोच्चका न्यायाधिश चोलेन्द्र शमेशर जवरा विरुद्ध कडा नारावाजी गरिएको थियो । कार्यक्रममा युवा संघका केन्द्रिय प्रतिनिधी जानी खान मधेशी लगायत दुई दजर्न भन्दा बढि युवाहरुको सहभागीता रहेको थियो ।



