अपडेट 
२०७८ असार २९, मंगलवार २१:००

प्रधानमन्त्री शेर बहादुर देउवाले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

शितल निवासमा मंगलबार आयोजित बिशेष समारोहकाबीच राष्ट्रपति बिद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री पदको सपथ गराउनुभएको थियो । सपथ कार्यक्रममा उपराष्ट्रपति, सभामुख, प्रधानन्यायधिश लगाएतको उपस्थीति रहेको थियो भने निवर्तमान प्रधानमन्त्री केपी ओली भने अनुपस्थीत हुनुभएको थियो । यस्तै प्रधानमन्त्री देउवाले मंगलबार नै सानो आकारको मन्त्रीमण्डल गठन गर्नुभएको छ जसमा बालकृष्ण खाँड गृह, ज्ञानेन्द्र बहादुर कार्की कानून, जनार्दन शर्मा अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरुलाई मंगलबार नै शितल निवासमा राष्ट्रपति भण्डारीले पद तथा गोपनियताको सपथ खुवाउनुभएको थियो ।

गत जेठ ७ गते देउवाले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी गरेता पनि राष्ट्रपतिले अस्वीकार गर्नुभएको थियो । तर, सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । देउवाको प्रधानमन्त्रीको रुपमा यो पाँचौं कार्यकाल हो । यसअघि उहा २०५२, २०५८, २०६१ र २०७४ सालमा प्रधानमन्त्री बनिसक्नुभएको छ ।

Comment


Related News

Latest News

Trending News