२०७८ असार ३०, बुधबार ०७:२६

कलैया । बाराको पचरौता नगरपालिकाकाले अगामी आर्थिक बर्षमा स्नातक उर्तिण गर्ने छोरीहरुलाई रु ५१ हजार रकम दिने भएका छन् ।

आर्थिक बर्ष २०७८÷०७९ को बजेटमा सो योजना ल्याएको हो । तराई मधेसका जिल्लाहरुमा छोरीहरुलाई पढाउने नचाहेको बेला पचरौता नगरपालिकाले छोरीहरुलाई शिक्षामा आकर्षित गर्न एवम अभिभावकहरुलाई उत्साहित गर्ने उदेश्यका साथ यस्तो योजना ल्याएको नगरप्रमुख रमेश यादवले जानकारी दिए । थौरै भएपनि ५१ हजार रकमले उच्च शिक्षा हासिल गर्नेमा सहयोग पुग्ने नगरप्रमुख यादवको भनाई रहेको छ । केही बर्ष अगाडी छोरीलाई पढाउनका लागि अभिभावकहरुले खासै चासो लिएका थिएनन् । तर संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको स्थापना पछि केही हद सम्म तराई मधेसमा छोरीलाई पनि पढाउनु पर्छ भने चेतनाको विकास भएसंगै शिक्षामा छोरीको पहुँच बढेको छ । नगरपालिकाको यो अभियानलाई पचरौताको महिला समुहहरुले स्वागत गरेका छन् । महिलाको स्वाभिमानलाई अगाडी बढाउनका लागि बजेटमा नै स्नातक पास गर्ने महिलालाई नगद ५१ हजार दिने प्रस्ताव निकै नै सराहनीय रहेको महिला अधिकारकर्मी साबित्री शर्माले भनिन् ।

मेयर यादवले पचरौता नगरपालिकामा जनमुखि रचानात्म बजेट ल्याई नागरिकलाई सबल एवम् सक्षम बनाउनका लागि कृषि मिटरमा शुल्क फ्रि, गरिब दलित, असहाय, बिपन्न परिवारको स्वास्थ्य अवस्थालाई ख्याल गरि निशुल्क रुपमा सिलिन्डरसहित ग्यास चुलो वितरण गर्नको लागि बजेट ल्याएको मेयर यादवले जानकारी दिए । हरेक नागरिकलाई स्वास्थ्य सेवा भरपर्दो तथा प्रभावकारी रुपमा दिनका लागि नगर भित्र १५ शैयाको सुबिधा सम्पन्न अस्पताल निर्माण गर्न बजेट विनियोजन गरेको उनले बताए । वृद्धवृद्धाहरुको हकमा निशुल्क मोतियाबिन्दको अपरेसन गर्नको लागि पनि बजेट छुट्टयाएको हो । नागरिकलाई सहज रुपमा स्वास्थ्य चौकी सम्म पुर्याउनका लागि नगरपालिकाले आफनो एम्बुलेन्स खरिद गर्नका लागि पनि अगामी बजेटमा रकम छुटाइएको नगरप्रमुख यादवले जानकारी दिए । नगरभित्रमा ९ वटा वडा रहेकोमा आर्थिक बर्ष २०७८÷७९ का लागि ४५ करोड ८४ लाख २७ हजार बजेट छुटट्याएको हो ।

Comment


Related News

Latest News

Trending News