अपडेट 
२०७८ असार ३१, बिहीबार ०७:४९

निःसन्तान स्त्री भनेको जसको कोखबाट एउटा पनि सन्तान जन्मेको हुँदैन । यस्ता निः सन्तान दम्पतिले सन्तान पाउन धेरै भन्दा धेरै उपायहरू गर्ने गर्दछन् । कतिपय दम्पति मध्ये स्त्री–पुरुष दुबै बाँझो हुन्छन् भने कतिपयमा स्त्री मात्र र अर्कोतिर कतिपयमा पुरुष मात्र रहेको हुन्छ । यस्तो अवस्थामा दम्पतिलाई धर्मपुत्र/धर्मपुत्री स्वीकार गर्नु बाहेक अर्को विकल्प देखिँदैन । तर यदि पुरुष प्रजननमा स्वस्थ छ र महिलाले वच्चा दिन असमर्थ छ भने त्यस्ता दम्पतिले बच्चा पाउन अर्को विवाह बाहेक दोस्रो विकल्प रहेको देखिँदैन । यदि पुरुष बाँझ छ र महिला प्रजनन योग्य छ भने यसका धेरै विकल्पहरू रहेका छन् । आज मात्र होइन प्राचीन कालमा पनि मानिसहरू यस्ता अनेक विकल्पहरूलाई अपनाएका सैकडौं उदाहरण छन् । मानिस प्राकृतिक स्वभावले निकै मजबूर हुन आउँछ । विवाह पछि सन्तानको इच्छा जाग्नु भनेको एउटा प्राकृतिक प्रक्रिया हो ।

सबै सजीव प्राणीहरूमा प्रजनन प्रव्रिmया लागू हुन्छ । जुन वेला परिवार, समाज, समुदायको निर्माण भएको थिएन त्यस बेला कुन सन्तान कसको छ त्यसको लेखा– जोखा हुँदैनथ्यो । मानिस समाजिक प्रणालीभित्र आइसकेपछि मानिसहरू क्रमशः सम्य हुँदै आए । यसैबेला विवाहलाई एउटा समाजिक प्रक्रिया भित्र ल्याएर व्यवस्थित गरेको देखिन्छ । तर विवाहबाट पनि सबैलाई सन्तानको इच्छा पूरा हुन सकेको हँुदैन । एउटा भनाइ छ कि कुनै पनि महिला विवाह उप्रान्त पचास प्रतिशत तथा कम्तिमा एउटा बच्चाको जन्म दिएपछि शतप्रतिशत पूर्णता पाउँछिन् । जसलाई सन्तान हुँदैन उसले आपूmलाई अपूरो महसूस गरिरहेकी हुन्छे । अहिलेको वैज्ञानिक युगमा यसबारे विभिन्न अनुसन्धान तथा अन्वेषण भइ सकेका छन् । केही वैज्ञानिक र सामाजिक विधिहरू वारे लेखकले पाएका अनुभव यहाँ राख्न चाहन्छ । एउटा यस्तो दम्पति जसको निकै समयको दाम्पत्य जीवनबाट कुनै सन्तान पाउन नसकेर पति–पत्नी को बीचमा एउटा सौता ल्याउने सोचलाई अगाडि बढाउने निर्णयमा पुगे । सौता थपिए पनि केही वर्ष पश्चातसम्म कुनै सन्तानको अतोपतो देखिएन । त्यस पछि कान्छी पत्नी र उसको पतिको बीचमा परपुरुष संगको यौन सम्बन्धबाट संमेत सन्तान भयो भने लिने कुरामा सहमत भए । खोज्दै जाँदा एकजना देवरको नातामा पर्नेसंग नजिक हुन थाले । उहाँबाट एउटा छोरोको जन्म भयो । सन्तान प्राप्तिबाट पति पत्नी निकै खुशी भए । तर स्त्री कति चेतनशील थिइ जो याद राख्नु पर्ने कुरो छ कि सन्तानको जन्म पश्चात त्यो देवरसंगको आफ्नो यौनिक सम्बन्ध विस्कुलै वन्द गरिहालीन् । पछि उसको आवत–जावत समेत बन्द भएको देखियो । हाम्रो हिन्दू समाजमा एउटा छोराछोरीको लागि मान्छे जे पनि गर्न तयार हुन्छ किनभने छोराछोरी संग वंशको निरन्तरता जुटेको हुन्छ ।

अर्को एउटा सानो उदाहरण के रहेको छ भने एक जनाको पहिलो पत्नीबाट कुनै सन्तान जन्मेन् । यसपछि पति र पत्नीको सल्लाहैमा अर्को सौता थप्ने विचार गरीन् । सौता आइ सकेपछि पनि आफ्नो पतिबाट सन्तान हुने आशा नदेखिए पछि आफ्नो एउटा हरबाहा (हलो चलाउने मजदुर) संग यौनिक सम्बन्भ कायम गरी तीन छोरीको आमा वन्न सफल भई । यस्ता संतानबाट पनि पारिवारमा सबै निकै खुशी देखिए । छोरा छोरी पाउनु आपैmमा एउटा प्राकृतिक संतुष्टी हुँदो रहेछ । अर्कोतिर कतिपयले सन्तान नहुँदा धर्मपुत्र तथा धर्मपुत्री लिएर सन्तानको इच्छा पूरा गरेका हुन्छन् । हाम्रो देशमा सन्तान हुने तथा नहुनेले यस्ता धर्मपुत्र वा धर्मपुत्रीको व्यवस्था नियम कानूनमा पनि उल्लेख छ । मान्छे आफ्ना वंशलाई निरन्तरता दिन यस्ता विधिहरू अपनाउन तयार भएको हुन्छ । कतिपयले सुन्दर तथा सुशील सन्तान लिनलाई समेत पर पुरुषसंग सहबास गरि यस्ता सन्तान लिने बाटो खोजेको हुन्छ । हाम्रो सनातन धर्मले पनि यस्ता कुरालाई मान्यता दिएको देखिन्छ । निःसन्तान वा विधवा स्त्रीले पति, घरमूली तथा गुरुजनको आज्ञाद्वारा पर पुरुषबाट क्षेत्रज सन्तान उत्पन्न गराउने कामलाई नियोग प्रथा भनिन्छ । पतिको असमर्थता वा अभावमा सम्मानपूर्वक यस्तो व्यवस्था प्रचलनमा थियो । वैदिक–कालदेखि ३०० ई.पू. सम्म सती प्रथाको चलन थिएन । पतिको मृत्यु पछि जीवन व्यतीत गर्ने तीनवटा वाटाहरू थिएः (१) आजीवन बैधव्य (२) नियोग प्रथाद्वारा सन्तान प्राप्ति र (३) पुनर्विवाह । प्राचीन समाजमा विवाहको मुख्य प्रयोजन नै सन्तान प्राप्ति थियो । यस लोक र परलोक दुबैबाट पार लगाउन सन्तान .(छोरा) को कामना गरिन्थ्यो ।

मानिसहरूमा पनि अन्य प्राणी जस्तै आफ्ना वंश बृद्धि गर्ने सूक्ष्म गुण जन्मैबाट प्राप्त छ । विभिन्न कारणले विवाहित स्त्री पतिद्वारा गर्भवती भइनछ भने अन्य पुरुषबाट सन्तान जन्माउन सक्ने व्यवहारिक चलन प्राचीन समयमा समेत थियो । पतिको असमर्थतामा देवरसंग सम्बन्ध राखेर सन्तान जन्माउनुलाई उत्तम मानिन्थ्यो । वैदिक परम्परामा आमाको स्थान सबैभन्दा माथि छ । यसैले होलाः मातृ तेवो भवः भनिएको हुनुपर्छ । एउटी आमा सगुण, साकार, प्रत्यक्ष हुन । सन्तानलाई माया गर्न, आफ्नो सन्तानको हेरविचार गर्न, लालन–पालन गर्न सबैभन्दा अगाडि हुन्छिन् । हजारौं वर्षको प्रयत्न पश्चात मानिसले समाजलाई सुचारुरूपले संचालन गर्न विभिन्न नियमहरू बनाइए । संस्कृति, सभ्यता, व्यवहार पनि विस्तारै विकसित हुँदै आए । सन्तान नभएका दम्पतिलाई विकल्पकोबाटो देखाउने नियम बन्यो । हाम्रो परिवारमा छोराछोरीको महत्त्व निकै बढी छ । पृथ्वी र स्वर्ग दुबै ठाउँबाट पार लगाउने सन्तान छोरा÷छोरीको कामना गरिएका मंत्रहरू थुप्रै छन् । समाजले पूर्ण रूपले स्वीकार गर्ला कि नगर्ला भनेर त्यसलाई देवी देवतासंग जोडिएका घटनाहरू थुप्रै छन् । यस्तै वाल्मिकीय रामायणमा रामको जन्म दशरथबाट सम्भव नभएपछि ऋषिहरूको मद्दतद्वारा विशेष यज्ञबाट सन्तान लिने प्रष्टसंग उल्लेख छ । यो पनि एक प्रकारको नियोग प्रथा नै रहेको कुरा बुझ्न सकिन्छ । त्यस बेलाको समाजले खुल्ला रूपमा नियोग प्रथाद्वारा जन्मिएका रामको देवत्व स्वीकार नगर्ने डरले त्यसलाई विशेष यज्ञ र खिरसंग जोडियो । रामायण कालका यस्ता कथा महाभारत कथामा प्रष्ट रूपमा पैmलिएको देखिन्छ ।

राजा पाण्डु सन्तान जन्माउन सक्षम नरहेको कारणले नै आफ्नी पत्नी कुन्ती (पृथा) लाई दुर्बासा ऋषिबाट बशीकरण मंत्र प्राप्त गर्न अनुमति दिएका थिए । विवाह पूर्वै कुन्तीले आफ्ना मंत्र जाँच गर्न सूर्यभगवानलाई आह् वान गरे पश्चात कर्णलाई जन्म दिएकी थिइन् । यस्तै पाण्डुको अनुरोध अनुसार कुन्तीले नियोग प्रथा द्वारा नै तीन जना प्रतापी छोराहरू जन्माइन् । धर्मराजबाट युधिष्ठिर, वायुबाट भीमसेन र इन्द्रबाट अर्जुन जन्माइन् । पछि त्यही मंत्र आफ्नी सौता माद्रीलाई दिएकी थिइन् । माद्री पनि मंत्रको प्रयोगले अश्विनी कुमारलाई बोलाइन् र नियोग प्रथाद्वारा नै जुम्ल्याहा छोरा नकुल र सहदेवको जन्म दिएकी थिइन् । यसरी हेर्दै जाँदा पाण्डु र धृतराष्ट्र पनि नियोगप्रथाद्वारा नै जन्मिएका थिए । राजा सन्तनु र सत्यवतीका छोरा राजकुमार विचित्रवीर्यका दुईटा रानीहरू अम्बिका र अम्बालिकाले नियोग प्रथा अपनाएर नै धृतराष्ट्र र पाण्डुलाई जन्म दिएका थिए । राजा सन्तनु र सत्यवतीका जेठा छोरा चित्राङ्गद यक्षद्वारा मारिएका र कान्छा छोरा विचित्रवीर्य पनि सन्तानहीन भएर मरेका थिए । राजा सन्तनु र गंगा पुत्र देवब्रत (भीष्मपितामह) ले जीवनभर ब्रह्मचारी भएर बस्ने प्रतिज्ञा गरेपछि सबैतिरबाट आफ्नो कुलनै मासिने परिस्थितिबाट पार पाउन देवब्रतलाई नियोग प्रथा द्वारा अम्बिका र अम्बालिकालाई सन्तान जन्माउन अनुरोध गरिन् परन्तु आफ्नो अठोटमा दृढ देवब्रतते (भीष्म) ले मानेनन् । त्यसपछि आमा र छोरा दुबै जना सल्लाह बाट ऋषि ब्यासलाई नियोग प्रथाको लागि बोलाउने निर्णय भयो । सत्यवती अविवाहित हुँदै ऋषि परासरद्वारा गर्भवती भएकी थिइन् । त्यसै गर्भबाट ब्यासको जन्म भएको थियो ।

यस्ता निः सन्तानको समस्यालाई समाधान गर्न हास्तिनापुरको दरबारमा ब्यास ऋषिलाई बोलाउन लगाइयो । ऋषि ब्यासलाई आफ्ना भाइका पत्नीहरू अम्बिका र अम्बालिकालाई नियोग प्रथा (पर पुरुष) द्वारा नै पुत्र प्रदान गर्न राजमाता सत्यवतीले अनुरोध गर्दै आज्ञा दिइन् । ऋषि ब्यासले पनि आज्ञा शिरोपर गर्दै ब्यासको नियोग प्रथाद्वारा अम्बिकाले धृतराष्ट्र, अम्बालिकाले पाण्डु र दासीले विदुरलाई जन्म दिएका थिए । राज्य जोगाउन यस्ता कदमलाई आँटिलो र प्रशंसनीय कदम मानेका थिए । मनु स्मृतिको नबौं अध्याय अनुसार सन्तानको इच्छाले नियोग प्रथा अपनाउन तयार भएकी स्त्रीले देवर अथवा सजातीय पुरुषसंग सहबास गरेर गर्भधारण हुन सकिन्छ । रामायणकालमा महिलाहरूलाई अन्य स्वदेश वा विदेशका विशिष्ट पाहुनाहरूलाई उपहार दिने चलन थियो । राजा दशरथको श्राद्धगर्दा भरतले ब्राह्मणहरूलाई दासी र सवारी साधनहरू दान दिएका थिए । दानवराज बलीको महारानी सुदेष्णाले पनि औतथ्यमुनीबाट नियोग प्रथा स्वीकार गरेर अंग नामक सन्तानलाई जन्म दिएकी उल्लेख छ । ऋषि परशुरामद्वारा पृथ्वीमा क्षेत्रीयहरूको नरसंहार पश्चात क्षेत्रीयहरूको स्थानलाई परिपूर्ति गर्न ब्राह्मणहरूले क्षेत्रीय स्त्रीहरूलाई नियोग प्रथाद्वारा गर्भिणी बनाएर सन्तानलाई जन्म दिइ क्षेत्रीयहरूको जनसंख्यमा बृद्धि गरेका थिए । यसरी प्राचीन समयको समाज सुचारु रूपमा सञ्चालन गर्न आफ्नो परिवारलाई मानिसबाट जोगाउन योग्य, विद्वान र बुद्धिमान व्यक्तिहरूको जैविक सहयोगबाट पनि सन्तान जन्माउने प्रचलन थियो । जसलाई आज पनि व्यवहारिक प्रचलनको रूपमा लिइन्छ । कतिपय महिला सन्तानहीनताबाट जोगिन धामी–झाँक्री, झारपूmकको सहारा लिएको देखिन्छ । चिकित्सकीय विज्ञान अनुसार सन्तान नहुने महिलालाई कृत्रिम गर्भाधानद्वारा गर्भधारण गराइन्छ ।

यसमा पनि बाहिर पुरुषकै शुक्राणु र अण्डानु रहेका हुन्छन । अहिले चलेको टेष्ट टयूब बैबीमा पनि सेम त्यस्तै गरिन्छ । व्यतिमात्र कहाँ हो र ! पश्चिमाहरूले अहिले बच्चा जन्माउन भाडामा महिलाहरू लगेका हुन्छन् । गर्भधारण गराइ सन्तानको जन्म भएपछि विस्तारै बच्चा दिने आमालाई एउटा निश्चित रकम उपलब्ध गराइ अलग गरेका हुन्छन् । यस्ता सबै कार्यहरू नियोग प्रथा अन्तर्गत कै कामहरू हुन् । हामी कहाँ खास गरि भारतीय उपमहाद्विपमा नियोग प्रथाको रूपमा सन्तान जन्माउन साधुसन्तलाई प्रयोग गरेका छन् । हुनत हाम्रो कानुनले समेत सन्तानहीन दम्पतिलाई यस्ता आध्यात्मिक तथा वैज्ञानिक उपायहरू अबलम्वन गर्न रोक लगाएको छैन । परिवार तथा घरमूलीको स्वीकृतिले अहिले पनि यस्ता विधिबाट सन्तान लिने गरिन्छ । लेखक जनसंख्या तथा समाजशास्त्रविद् हुनुहुन्छ ।

Comment


Related News

Latest News

Trending News