२०७८ असार ३१, बिहीबार ०८:०९

मलंगवा । सर्लाही जिल्लाको मनिराज सप्लायर्सले नक्कली भ्याट बिल बनाइ राजस्व छली गरेको मुद्दा उच्च अदालत पाटनमा दर्ता भएकोछ ।

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट)को बीजक जारी गरी ६७ करोड बराबरको राजस्व छली भएको ठहरगर्दै राजस्व विभागले बुधवार मुद्दा दर्ता गरेकोछ । सर्लाहीको मनिराज सप्लायर्सका प्रोप्राइटर राजदेवी तथा उक्त फार्मको मुख्य कारोवार गर्ने व्यक्ति राजाराम महतोले ४१ करोड ५१ लाख बढी बिगो बराबरको राजस्व छली गरेको अनुसन्धानमा खुलेको विभागले जनाएको छ । उक्त फार्मबाट बिक्री रकम भुक्तानी लिई सो बीजकमार्फत असुल गरेको भ्याट सरकारी कोषमा दाखिला नगरेको पाइएको र विभिन्न फार्मलाई नक्कली एवं नक्कली बीजक उपलब्ध गराई जालसाजी गरी भ्याट र आयकरसमेत छली गरेको विभागको दाबी छ । अनुसन्धानमा भ्याटतर्फ १५ करोड ८४ लाख र आयकरतर्फ २५ करोड ६७ लाख गरी कूल ४१ करोड ५१ लाख ३१ हजार राजस्व चुहावट गरेको खुलेको छ । यसैबीच नक्कली बीजक प्रयोग गरी राजस्व छली गर्ने रौतहटको शिव ट्रेडर्सका प्रोपाइटर तथा अल्का सप्लायर्सका मुख्य कारोवारी ओमप्रकाश सिंहले २५ करोड ३५ लाख ४१ हजार बिगो बराबरको राजस्व छली गरेको आरोपमा पनि मुद्दा चलाइएको छ ।

Comment


Related News

Latest News

Trending News