अपडेट 
२०७८ असार ३१, बिहीबार १६:५३

नेपालमा बिहीबार थप २,६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८ हजार २ सय ५६ पिसिआर परिक्षणका क्रममा १ हजार ७ सय ८२ र ४ हजार ५ सय १२ एन्टीजेन परिक्षणका क्रममा ८९४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९ हजार ४ सय ३७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ४ सय ६३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप १ हजार ७ सय संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख २६ हजार ४६८ जना संक्रमित निको भएका छन् । हाल २६ हजार ६३९ सक्रिय संक्रमित आइशोलेशन र २९२ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३४ लाख ४६ हजार ५८६ वटा पिसिआर र २ लाख ५२ हजार ५४ वटा एन्टीजेन परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News