२०७८ श्रावण १, शुक्रबार ०७:३२

सर्लाही । डिभिजन वन कार्यालय सर्लाहीको वार्षिक प्रगति समिक्षा बैठक बिहीवार सम्पन्न भएको छ ।

डिभिजन वन कार्यालयको सम्पादित कार्यक्रमको वार्षिक प्रगति समिक्षा बैठक बिहीवार सम्पन्न भएको हो । डिभिजन वन कार्यालयमै जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीको अध्यक्षतामा वार्षिक प्रगति समिक्षा बैठक सम्पन्न भएको हो । बैठकमा डिभिजन वन कार्यालय सर्लाहीका डिभिजन वन अधिकृत माधव प्रसाद देवले आर्थिक वर्ष २०७७÷०७८ मा संचालन भएका वार्षिक कार्यक्रमहरुका बारेमा जानकारी गराउनु भएकोथियो । उहाँले स्वीकृत वार्षिक कार्यक्रमबाट भवन निर्माण, जिल्लाभित्र गरिएको वृक्षारोपणसँगै त्यसको संरक्षण र व्यवस्थापन, विरुवा उत्पादन, यहाँका वन जंगलको अवस्था लगायत सम्पन्न गरिएका कार्यक्रमबारे प्रष्ट पार्नु भएको सव डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख उज्वल कुमार यादवले बताउनु भयो ।

वार्षिक प्रगति समिक्षा बैठकमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, राष्ट्रिय अनुसन्धानका अनुसन्धान उप–निर्देशक दिलिप कुमार सिंह, नेकपा (एमाले) का जिल्ला अध्यक्ष रेवती पन्त, नेकपा९माओवादी केन्द्र०का जिल्ला सचिव कमल बुढाथोकी,नेपाली कांग्रेसका प्रतिनिधि सुरेन्द्र कुमार न्यौपाने, अन्य राजनीतिक दलका प्रतिनिधि, सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष माधव सरकार, महासंघकै केन्द्रीय सदस्य कृष्ण गौतम लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो । सहभागीहरुले चोरी तस्करी, काठ दाउराको वितरण, हात्ती, बँदेल, निलगाईजस्ता जंगली जनावरको आतंकलगायतबारे चासो र चिन्ता व्यक्त गरेका कार्यालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News