२०७८ श्रावण २, शनिबार ०७:३३

जनकपुरधाम । कमला नदी नियन्त्रण आयोजनाका प्रमुख एकराज भट्टराई सहित साइट इन्जिनियरहरुलाई सिन्धुलीमा भव्य स्वागत गरिएको छ ।

आयोजनावाट सिन्धुलीको दुधौली नगरपालिका ९ र ११ का जनताहरुले खुशी हुँदै उनीहरुलाई स्वागत गरेका छन् । आयोजनाद्वारा दुधौली नापाको ९ र ११ टाडीमा निर्माण गरिएको करिव २ सय २० मिटर लामो बान्ध निर्माण गरेपछि दुई सय भन्दा बढी घरपरिवारले राहत पाएको भन्दै उनीहरुलाई स्वागत गरिएको छ । स्वागतको क्रममा आयोजना प्रमुख भट्टराईले स्थानीयबासीहरुले देखाएको सहानुभूति प्रति कृतज्ञता प्रगट गरेका थिए । सरकारले जनताकैलागि बजेट पठाएको र जनताले यसको भरपुर फाइदा उठाउनु पर्छ बताउँदै विकास निर्माणको कार्यमा बाधा अडचन नराख्नुपर्ने विचार व्यक्त गरेका थिए । उनले भने–‘विकास निर्माणको कार्यमा बाधा हाल्नेहरु विकास चाहदैन् । विकास चाहने बाधा अडचन डाल्दैन् ।’

Comment


Related News

Latest News

Trending News