जिल्ला प्रहरी कार्यालय धनुषावाट खटेको प्रहरीले ठूलो मात्रामा लागु औषध सहित एक युवकलाई पक्राउ गरेको छ ।
शनिवार साढे १२ बजेको समयमा विशेष सूचना प्राप्त गरेको जिल्ला प्रहरी कार्यालयले जनकपुरधाम उप– महानगरपालिका–९ स्थित बाह्र विघाको पश्चिमपट्टिीवाट रामानन्द चोक जाँदै गरेको ज ३ प २७७८ नम्वरको पल्सर मोटरसाइकल सहित ति युवकलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका १० का २५ बर्षिय सन्तोषकुमार यादव रहेको छ । उनले चलाई रहेको सो मोटरसाइकलको सिट मुनी लुकाई छिपाई राखेको १५ सय पिस नेट्राभेट–१० ट्यावलेट र उनले बोकेको व्याग भित्र चारमिनार मुम्कका २४ प्याकेट, राजनिवास ३ पैकेट, चाकु १ पिस रहेको र थप अनुसन्धान भई रहेको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए ।


