अपडेट 
२०७८ श्रावण ३, आईतवार १७:४४

नेपालमा आइतबार थप १ हजार ८ सय १ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार ६ सय २८ पिसिआर परिक्षणका क्रममा १ हजार २ सय २३ र ३ हजार एन्टीजेन परिक्षणका क्रममा ५७८ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १६ हजार ४९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ९ हजार ५ सय ५० जनाको मृत्यु भएको छ । त्यस्तै थप १ हजार ६ सय ६७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३२ हजार७४ जनाले कोरोना संक्रमणलाई जितेका छन् । हाल २५ हजार ४८५ सक्रिय संक्रमित आइशोलेशन र ३४० जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३४ लाख ६९ हजार ६८५ वटा पिसिआर र २ लाख ६२ हजार ८३१ वटा एन्टीजेन परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News