२०७८ श्रावण ३, आईतवार १८:००
नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।
रावले आइतबार संघीय सांसद प्रतिनिधिसभा सदस्य पदबाट राजीना दिएको घोषणा गर्नुभएको हो । आइतबार प्रतिनिधिसभा बैठक बस्नुअघि रावलले पदबाट राजीनामा दिनुभएको हो । रावल अछाम क्षेत्र नम्बर १ बाट २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा २४ हजार ८८३ मत ल्याएर प्रत्यक्ष निर्वाचित हुनुभएको थियो ।



